बिर्तामोड, २ भदौ / झापाको बिर्तामोड नगरपालिका २ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत तीन जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कम्प्युटर इञ्जिनियरिङको ओजेटीका लागि आएका विद्यार्थीमाथि यौनजन्य दुव्र्यवहार गरेको आरोपमा पक्राउ पर्नेमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र शिक्षक नारायण खनाल रहेका रहेको झापा प्रहरीले जनाएको छ । मेचे र खनाललाई विद्यार्थीको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनाउनु भयो ।
मेचे र खनालले ओजेटीमा आएका विद्यार्थीहरुलाई विभिन्न स्थानमा घुमाउन लाने, आइफोन किनिदिने जस्ता प्रलोभन देखाउने गरेको र संवेदनशील अंगमा छुने तथा त्यसो गर्न नदिएमा ओजेटीको प्रमाणपत्र नदिने जस्ता त्रास देखाएको उजुरीमा उल्लेख छ ।
पक्राउ परेका उनीहरु विरुद्ध वाल यौन दुरुपयोग मुद्धा दर्ता गर्दै अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।