एक महिनामा भौतिक पूर्वाधारमा ६ अर्ब १८ करोड वित्तीय प्रगति

devendra-dahal_ZR4qt2yGg5

काठमाडौँ, २ भदौ भौतिक पूर्वाधार मन्त्रालयले एक महिनाको अवधिमा ६ अर्ब १८ करोड रुपैयाँको वित्तीय प्रगति गरेको छ ।

 

 

मन्त्री देवेन्द्र दाहालले आइतबार आफ्नो कार्यकालको एक महिने प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराउनु भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन भएको बजेटमध्ये श्रावण मसान्तसम्म सो रकम खर्च भई ४.११ प्रतिशत वित्तीय प्रगति हासिल भएको उहाँले जानकारी दिनुभयो ।

 

दाहालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका कामकारबाहीको विवरणसहित २३ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गर्ने क्रममा सो जानकारी गराउनु भयो ।

 

उहाँले आफ्नो एक महिने कार्यकालमा राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेस भएको, राष्ट्रिय राजमार्ग अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको, सडक बोर्डलाई पूणर्ता दिइएको जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको