बढ्दो लागुऔषध दुव्र्यसन

लागुऔषध र वन्यजन्तु अपराध विरुद्ध प्रहरीको सक्रियता

YynRXG9X

पथरी, ३ भदौ /  मोरङको पथरी शनिश्चरे र कानेपोखरी क्षेत्रमा बढेको लागुऔषध कारोबार र वन्यजन्तु अपराध विरुद्ध इलाका प्रहरी कार्यालय पथरीले एकहप्ता भित्र उल्लेखनीय सफलता हासिल गरेको छ ।

 

 

इप्रका पथरीका डीएसपी मोहन विक्रम दाहालले सरुवा भएर आएपछि यसखाले सक्रियता बढेको देखिएको छ । इलाका प्रहरीकार्यालय पथरीले पत्रकार सम्मेलन गरी विभिन्न स्थानबाट ६ वटा घटनामा पक्राउ गरिएका १३ जना अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर, सालकको खपटा, उनीहरुले प्रयोग गर्ने भारतीय मोटर साइकल र अटो रिक्सा पनि बरामद गरेको डीएसपी दाहालले जनाउनु भयो ।

 

 

भदौ १ गते कानेपोखरी गाउँपालिका ७ बाट मोटरसाइकलमा रहेका रंगेली नगरपालिका १ का ४५ वर्षीय गगन गच्छदार र सप्तरी कञ्चनपुर नगरपालिका ५ बस्ने ३५ वर्षीय बासुदेव सरदारलाई सालकको ८सय ५० ग्राम खपटासहित पक्राउ गरेको थियो । सोही दिन ४ केजी ५ सय ८४ ग्राम सालकको खपटा सहित उदयपुर बेलका ३ का ४८ वर्षीय कृष्णराज मगर, बेलका ६ का डिकबहादुर पुर्वछाने मगर र सप्तरी कृष्णसवरण गाउँपालिका १ बस्ने ५५ वर्षीय उमेशप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

 

साउन ३० गते पथरी शनिश्चरे ४ का ३२ वर्षीय सिमन परियारलाई ट्रमाडोल ११ सय १० क्याप्सुल र डिकोलिक ६,६०० चक्की सहित पक्राउ गरिएको प्रहरीले बताएको छ । लागुऔषध बोकेको परियारको को. २ ह १६१५ नम्बरको अटो पनि प्रहरीको नियन्त्रणमा छ ।

 

 

गत साउन ३१ गते भारतबाट नेपालमा लागुऔषध बिक्री गर्न आएका विहार प्रान्त जिल्ला अररिया बस्ने वर्ष २४ को मिथलेसकुमार मण्डल, वर्ष २६ को भास्करकुमार शर्मा र वर्ष २५ को सौरवकुमार पासवानलाई १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । साउन २० गते पथरी शनिश्चरे १० बाट रंगेली नगरपालिका ७ बस्ने वर्ष २४ को अभयकुमार भास्कर र सुनबर्षी नगरपालिका ७ बस्ने वर्ष १९ को हयत अलीलाई ७ ग्राम १७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो ।

 

पथरी शनिश्चरे ८ बस्ने वर्ष २५ को दिपेश माझीलाई साउन २१ गते ४ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । त्यस्तै साउन १९ गते ४ ग्राम ९५ मिलिग्राम ब्राउन सुगरसहित भारत अररिया बस्ने २१ वर्षीय मोहम्द इसराकलाई कानेपोखरी गाउँपालिका २ बाट पक्राउ गरिएको छ ।
वन्यजन्तु तस्करी सम्बन्धी प्रहरीले वन कार्यालयसँग समन्वय गरी अनुसन्धान अघि बढाएको जनाएको छ भने लागूऔषध लगायत सबै घटनाहरूमा थप अनुसन्धान भइरहेको इप्रका प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की, नगर प्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले र १० नम्बर वडाध्यक्ष जीवन खतिवडाको रोहबरमा पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई सार्वजनिक गरिएको हाम्रा सहयोगी भूमिप्रसाद पाठकले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।