इटहरी, ३ भदौ । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ स्थित थलाहा टोलमा एक व्यक्तिको हत्या भएको छ ।
स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर टाउको छुट्टिएको र टाउको साथमा नभएको अवस्थाको शव सोमबार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । हत्या गर्नेको खोजी गर्दै थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनु भयो ।
ऋषिदेवले रिङ बनाउने व्यवसाय गर्दै आउनु भएको थियो ।