कोरोना परीक्षण

प्रधानमन्त्री देउवाले आज कोरोना परीक्षण गराउँदै

 

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना परीक्षण गराउने भएका छन्।
कन्ट्याक्ट ट्रेसिङमा परेपछि हिजोदेखि आइसोलेसनमा बसेका प्रधानमन्त्री देउवाले आज पीसीआर परीक्षण गराउन लागेका हुन्।
सत्तारुढ गठबन्धनमा आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुलाई कोरोना पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।
बिहीबार र शुक्रबार बालुवाटारमा सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरु सम्मिलित राजनीतिक संयन्त्रको बैठक बसेको थियो। संयन्त्रमा रहेका माओवादी नेताहरुमा कोरोना पुष्टि भइसकेपछि हिजो देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।
त्यसपछि देउवा बालुवाटार स्थित निवासमै आइसोलेसनमा बसिरहेका छन्। देउवाको स्वास्थ्यमा भने कुनै समस्या नरहेको उनको सचिवालयले जनाएको छ। यस्तै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा बसेका छन्।
माओवादी अध्यक्षसँग सिंहदरबारमा वान टु वान छलफल गरेका कार्की पनि कन्ट्रयाक ट्रेसिङमा परेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत