नेकपा एसबाट ६७ जना नेकपा एमालेमै फर्किए, कस्ले कस्तो जिम्मेवारी पाउने भए ?

दमक, ४ भदौ /  नेकपा एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेपछि सो पार्टीमा आवद्ध भएका पश्चिम झापाका ६७ जना नेता कार्यकता पुनः एमालेमै फर्किएका छन् ।

 

दमकमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एसको कोशी प्रदेश कमिटी सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, जिल्ला कमिटी सदस्य तथा दमक नगर पूर्व अध्यक्ष महेश घिमिरे, जिल्ला सदस्य शशिराज पौडेल, चन्दकला भण्डारी, तोया सापकोटासहित एमालेमै फर्किएको घोषणा गर्नुभयो ।
अनेरास्ववियूको केन्द्रीय सचिवालय सदस्य रोशन भण्डारी, मदन गुरुङ, नेपाल खेलकुद महासंघ समाजवादी केन्द्रीय सदस्य उमेश चम्लागाईं, झापा कोषाध्यक्ष सुदिपसागर भट्टराई सौरबसहित एमाले प्रवेश गरेको कार्यक्रममा जनाइएको छ ।

 

अनेम संघ, अखिल फोर्स दमक नगर कमिटीका १७ जना, अनेरास्ववियू दमक क्याम्पस कमिटीका १५ जना र कमल गाउँपालिकाका १६ जना पार्टी सदस्य एमालेमा प्रवेश गरेको जानकारी गराइएको छ ।

 

एमालेमा फर्किएकाहरुलाई टीका लगाएर पार्टीमा स्वागत गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओलीले घर फर्कने अभियानलाई निरन्तर चलाइरहने र एमालेकै नेतृत्वमा बृहत बाममोर्चा समेत निर्माण गरी नेपालमा बामपन्थीको दुई तिहाईको सरकार निर्माण गर्ने अभियानमा लाग्न सबै कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । हिजोपनि यही पार्टीमा लागेर निरन्तर काम गरिरहनु भएकाहरु अहिले फेरि आफ्नै पार्टीमा फर्कनु बिराएको बाटो सुधारेको संज्ञा दिदै ओलीले घर फर्कनेहरुको सकृयता, पार्टीप्रतिको लगाव र सिर्जनशीलताका आधारमा जिम्मेवारी दिँदै लगिने उद्घोष गर्नु भयो ।

 

 

कार्यक्रममा एमालेका अर्का केन्द्रीय सदस्य एवम् झापा ५ का इञ्चार्ज दिपक कार्कीले अव देशमा स्थिरता चाहने हो भने त्यो काम एमालेबाट मात्रै सम्भव हुने दावी गर्नुभयो । पार्टीलाई अझ ठूलो र सशक्त बनाउँदै जनताको पार्टी बनाउन सबै एकजुट गर्ने अभियान निरन्तर चलिरहेको उल्लेख पार्टीको अभियानलाई सार्थकता दिन यो ‘घरफिर्ती’ कार्यक्रमले समेत सहयोग पुर्याउने कार्कीले उल्लेख गर्नु भयो ।

 

 

पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रदेश कमिटी सदस्य दाहालले भन्नु भयो ‘देशको भु-राजनैतिक स्थिति, सर्वोच्च अदालतको फैसालाबाट नेकपा विभाजनबाट उत्पन्न परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्रमाथी भइरहेको संगठित प्रहार, राष्ट्रियतामाथी मढारिइरहेको काला बादलहरु र दुई पार्टीहरुको सिस्टमबारेमा चलेको बहसलाई साथर्कता दिन नेकपा एमालेले मात्रै सक्ने कुरामा विश्वस्त हुदै एमालेमै फर्केका हौ ।’

 

 

नेकपा एसले गर्‍यो चार नेतालाई कारबाही
नेकपा (एकीकृत समाजवादी) झापाले पार्टीका केन्द्रीय सदस्यसहित दमक क्षेत्रका चार जना नेतालाई पार्टी साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
पार्टी जिल्ला अध्यक्ष वेदराज रेग्मीले सोमबार एक विज्ञप्ति जारी गरी पार्टीका केन्द्रीय परिषद सदस्यहरु राजेन्द्र दाहाल र मणिकुमार भण्डारी तथा निवर्तमान दमक नगर कमिटी अध्यक्ष रोशन भण्डारी र पूर्व अध्यक्ष महेश घिमिरेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको उल्लेख गर्नुभयो ।
पार्टीको हालै सम्पन्न १० औ राष्ट्रिय महाधिवेशनपछि दमकमा छुट्टै गुट निर्माण गरेर पार्टी गतिविधि विपरीत कार्य गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको अध्यक्ष रेग्मीले जनाउनु भयो ।

 

पहिले नेकपा एमालेमा रहेका उहाँहरु एमालेमै फर्किने छनक बुझेपछि पार्टीले त्यसप्रकारको कारबाही गरेको बुझिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो