छैठौं राष्ट्रिय एमेच्योर चेस भदौ ७ बाट काँकडभिट्टामा हुने

दमक, ४ भदौ  छैठौं राष्ट्रिय एमेच्योर बुद्धिचाल (चेस) प्रतियोगिता भदौ ७ देखि १० गतेसम्म झापाको काँकरडभिट्टामा सञ्चालन हुने भएको छ ।

 

 

नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोग नाइट चेस क्लबले भदौ ७ गतेदेखि १० गतेसम्म काँकडभिट्टा खानेपानीको सभाहलमा प्रतियोगिता हुनेछ ।

 

करिब १५० खेलाडी सहभागि हुने योजना रहेको र प्रतियोगिताबाट २ जना खेलाडी छनोट हुने क्लबका अध्यक्ष विश्वविजय घिमिरेले बताउनु भयो । प्रथम हुने खेलाडीलाई नगद ५० हजार राशिसहितको पुरस्कार प्रदान हुनेछ ।

 

२ हजारदेखि १७ सयसम्म र १७ सयमुनीको रेटिङमा गरी दुई क्याटेगोरीमा खेल सञ्चालन हुने छ । प्रतियोगिताका प्रथमदेखि १० औँसम्मका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । १८ लाख २२ हजार खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा स्थानीय सरकार, विभिन्न संघ-संस्था लगायतसँग सहयोग जुटाउने जनाइएको छ ।

 

 

२०५४ सालमा काँकडभिट्टामा स्थापित सामाजिक रूपमा सक्रिय क्लबले लागुऔषध दुव्र्यसन सहित सामाजिक सचेतनाका कार्यक्रम तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बुद्धिचाल, फुटबल प्रतियोगिताहरू सञ्चालन गरिरहेको छ ।

Share: