हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु, छोरा सख्त घाइते

दमक, ४ भदौ / झापाको शिवसताक्षी ८ मा श्रीमानको धारिलो हतियार प्रहारबाट  श्रीमतीको ज्यान गएको छ भने मेचीनगर ३ मा धारिलो हातियार प्रहारबाट छोरा सख्त घाइते भएका छन्  ।  मङगलबार साझ ६:३५ मा गते अन्दाजी १८:३५ बजेको समयमा शिवसताक्षी  ८ शिवालय टोल बस्ने वर्ष अन्दाजी ४७ को ओम प्रकाश अधिकारीले घरयासी बिवादका कारण आफ्नै श्रीमती अन्दाजी ५२/५३ की रन्जना गौतम अधिकारीलाई खुकुरीले घाँटीमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको छ ।   प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिगई खुकुरी प्रहार गर्ने अधिकारीलाई   नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ ।                                        मङगलबार  साझ ७:१० बजेको समयमा  मेचीनगर नगरपालिका ३ दोकानडाँडा बस्ने वर्ष ५७ को पुण्यप्रसाद दाहालले आफ्नो छोरा वर्ष अन्दाजी ३० को डिल्लीराम दाहाललाई धारिलो हतियार दाउले टाउकोको पछाडी भागमा  प्रहार गरि सख्त घाइते बनाएको झापा प्रहरीले जनाएको छ । खाना खाने विषयलाई लिएर बिवाद हुदा त्यस्तो घटना भएको उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु

सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

दमक,२७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष

मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

दमक,२७ मंसिर ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु