आगलागीबाट समयगढमा गाइगोठ जल्यो

दमक, ६ भदौ  झापाको कमल गाउँपालिका २ मा बिहीबार विहानको राति आगलागी भइ गाईगोठ जल्दा १ लाख ५० हजार रुपैयाँको क्षति भएको छ ।

 

 

बिहानको राति १.३० बजे समयगढका देउमान राईको घरनजिकै रहेको बाँसको टाटी बेरा र टिनको छानो भएको काठको गाईगोठमा आगलागी भएको थियो । आगलागीबाट गाईगोठ र गोठमा रहेको २० मन धान जलेर पूणर् रुपमा नष्ट हुँदा अन्दाजी डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

 

प्रहरी चौकी तोपगाछीको प्रहरी टोली, स्थानीय र कमल गाउँपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Share: