सुकुम्बासी बस्तिका पुगेर प्रदेश सांसदद्वारा योजना संकलन

दमक, ६ भदौ /  दमक नगरपालिका वडा नम्बर ५ को प्रगति टोल । यहाँ रहेको खरखरे खोलाको किनारमा सुकुम्बासीको बस्ति छ । यो बस्तिमा समस्या बगरेल्ती छन् । नागरिकका आकांक्षा धेरै छन् । कतिपयले आफ्ना समस्या राख्न सक्छन् त कसैले स्पष्टसँग के माग्ने भन्ने मेसो नै पाउँदैनन् ।

 

सुकुम्बासी बस्तिमा नेताहरु चुनावका बेला भोट माग्न मात्रै आउँछन् भन्ने कुरालाई गलत सावित गर्दै झापा क्षेत्र नम्बर ५ (२) का प्रदेश सांसद होमबहादुर थापा सुकुम्बासी बस्तिमा के योजना चाहिएको छ, त्यसको पहिचान गर्न त्यहाँ पुग्नु भएको हो ।

 

सांसद थापासँग प्रत्यक्ष कुराकानी गरी सो क्षेत्रका नागरिकले आफ्नो माग राखेका छन् । उनीहरुको बस्तिमा पानीको भेल घरमै पस्ने गरेको छ । पानीको निकासकालागि कम्तिमा सुरक्षीत ड्रेन निर्माणको माग अघि सारे ।

 

वडाध्यक्ष इन्द्र गुरुङ सहितको टोली सो भ्रमणमा रहेका थियो । वडाको कुन क्षेत्रमा कस्ता योजना आवश्यक छ भन्नेबारेमा वडाध्यक्षलाईनै साथमा लिएर प्रदेश सांसदले घरदैलो गर्नु भएको हो । अवलोकन भ्रमणका क्रममा विपन्न परिवारले आफ्नो घर बनाउनै नसक्ने भएकोले सुरक्षित घर बनाइदिएर जग्गाको धनीपुर्जा समेत उपलब्ध गराइदिन स्थानीय हिरादेवी विश्वकर्मा सहितले माग राख्नुभयो ।

 

कहाँको अवस्था कस्तो छ भन्नेबारेमा वडाध्यक्ष गुरुङ जानकार हुनुहुन्छ । जसले गर्दा उहाँलाई समस्या पनि थाह छ र समाधान पनि । तर वडाको मात्रै सिमित बजेटले ती समस्याको समाधान गर्न पुगिरहेको हँुदैन । त्यसैले उहाँले यही क्षेत्रका प्रदेश सांसद थापालाई ल्याएर प्रदेशको बजेटमा योजना पारिदिएर सुकुम्बासी बस्तिभित्रका आवश्यकता पूर्ति गराउन पहल गर्नु भएको हो ।

 

समस्या धेरै छन् । आवश्यकता पनि कैयौं । तर श्रोत साधन अत्यन्तै सिमित । त्यसैले यस टोल बस्तिमा पुग्नु भएका सांसद थापाले नागरिकले राखेका मागलाई यही वर्ष पूणर् रुपमा पुरा गराउन नसकेपनि केही न केही काम चाहि गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो

दमकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त–नियम कार्यान्वयन गर्नै सकेन नगरले

दमक, २७ कार्तिक । दमक नगरपालिकामा रहेका मुख्य बजार क्षेत्रहरुको सडकहरुमा ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनीकरण गर्नका लागी भनेर एकतर्फी पार्किङको नियम बनाईएको थियो