ताप्लेजुङ गोल्डकपमा झापाले काठमाडौंलाई हरायो

दमक, ६ भदौ   अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपमा बिर्तामाड युनाइटेड फुटबल क्लब झापाले त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौलाई ३-० गोल अन्तरले पराजित गर्दै आफूलाई सेमिफाइनलमा प्रवेश गराएको छ ।

 

झापाका अभिशेख गुरुङ, देवेन्द्र तामाङ र हिप्सु थपलियाले गोल गर्दा प्रतियोगितामा जित हाँसिल भयो । खेलमा देवेन्द्र तामाङ म्यान अफ द म्याचको पुरस्कार प्रदान गरियो ।

नेपालको राष्ट्रिय टिमका पूर्वकप्तान भरत खवास ,खेलाडी नवयुग श्रेष्ठलगायतका चर्चित खेलाडीहरु भएपनि खेल अवधिभर झापाको दबाबमा परेको आर्मीले धेरै अवसरलाई चुकाएको थियो ।

 

 

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको भदौ ८ गते हुने दोस्रो सेमिफाइनल खेलमा बिर्तामाड युनाइटेड फुटबल क्लबले सिरहाको सहलेश युवा क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

 

पहिलो सेमिफाइनल खेल भदौ ७ गते शुक्रवार सगरमाथा युथ क्लब मोरङ र संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङबीच हुने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जनाउनु भयो ।

 

प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो