दमकमा व्यूटिसियनको मेकअप सेमिनार

दमक, ७ भदौ/  दमकस्थित पुरानो र चर्चित मोर्डन व्यूटिपार्लरको संयोजनमा व्यूटिसियनहरुका लागि मेकअप सम्बन्धी शुक्रबार एकदिने सेमिनार सञ्चालन भएको छ ।

 

न्यू लुक र लभ वार्म कम्पनीसँगको सहकार्यमा सञ्चालित सेमिनारमा उज्यालो खबरका सम्पादक भूपेन्द्रराज तिम्सिना, चन्द्रसूर्य सीप विकास संस्थाकी सुनिता राई, व्यूटिसियन रोशनी कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

मोर्डन व्यूटिपार्लर प्रमुख सरस्वती सुब्बाको अध्यक्षताको कार्यक्रममा कार्यक्रम संयोजक रचना सुब्बा र न्यू लुक र लभ वार्म कम्पनीको तर्फबाट सिर्जना थापाले साजसब्जा (मेकअप) र छालाको अवस्था र त्यस अनुरुपको साजसज्जाका बारेमा जानकारी गराउनु भयो । उहाँहरुले व्यूटिसियन पेसालाई मर्यादित र व्यवस्थित हिसावले अघि बढाएर महिलाहरु आत्मनिर्भर बन्न सकिने सम्भावना पनि दर्शाउनुभयो ।

 

नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा दमकका व्यूटिपार्लर सञ्चालक तथा व्यूटिसियन क्षेत्रमा रुची राख्ने २ सय १५ जनाको सहभागिता रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो