दमक, ७ भदौ/ दमक उद्योग वाणिज्य संघको ३४ औं स्थापना दिवसको अवसरमा दोस्रो अन्तर वस्तुगत संघ फुटसल प्रतियोगितामा होटल व्यवसायी संघले उपाधि जितेको छ ।
प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा निर्माण व्यवसायी संघको टिमलाई पराजित गर्दै होटल व्यवसायी संघले उपाधि जित्न सफल भएको हो । उसले ३३ हजार ३ सय ३३ नगद र कप पुरस्कार हात पार्यो । उपविजेता निर्माण व्यवसायीले २२ हजार २ सय २२ रुपैयाँ नगद सहितको पुरस्कार प्राप्त गर्यो ।
विजेता टिमका सुजन राईलाई उत्कृष्ठ खेलाडी घोषित गरी नगद ५ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । अनुशासित टिमको उपाधि कस्मेटिक तथा व्याग व्यवसायी संघले प्राप्त गर्यो । उसलाई ३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिएको छ ।
भदौ ६ गते संघको स्थापना दिवसको दिन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले फुटसलको उद्घाटन गर्नुभएको थियो भनें महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले समापनमा प्रमुख आतिथ्यता ग्रहण गर्दै पुरस्कार वितरण गर्नुभयो । शुक्रबार सेमीफाइनल र फाइनल खेल भए । आयोजक संस्थाका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
प्रतियोगितामा वस्तुगत १२ र आयोजकको एउटा सहित दमकका १३ टिमको सहभागिता रहेको थियो