लागुऔषध सहित तीनजना दमकबाट पक्राउ

दमक, ८ भदौ लागुऔषध कारोबारमा संलग्न तीन जना युवालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा शिवसताक्षी-२ का २६ वर्षीय राजेश लिम्बू, कमल -५ का २२ वर्षीय राजु धिमाल र शिवसताक्षी -३ का १९ वर्षीय एन्जिल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

दमक प्रहरीले शुक्रबार साँझ ६.३० बजे दमकको पूर्व बसस्टेण्डबाट तीन जनालाई ट्रामाडोल २६० क्याप्सुल सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

Share: