दमक अस्पताललाई ३० लाखको सामग्री प्राप्त

दमक, ८ भदौ दमक नगरपालिकाले सञ्चालन गरेको दमक नगर अस्पतालका लागि संघीय सरकारबाट लाखौं रुपैयाँका बिभिन्न स्वास्थ्य सामग्रीहरु प्राप्त भएको छ ।

 

 

नगर उपप्रमुख रेगिना भट्टराईको बिशेष पहलमा संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट करिव ३० लाख रुपैयाँका सामग्रीहरु शनिबार दमक आइपुगेको हो । १० वटा बेड, एउटा भिडियो एक्स-रे मेसिन, डेलिभरी बेड, पोष्टमार्टम सेट, सक्सन मेसिन, थ्री डिजिटको इसीजी मेसिन, इएनटी अपे्रसन, सीटीजी कार्डियोग्राफी मेसिन सेटलगायतका अस्पतालका सामग्री आएको अस्पतालका स्टोर प्रमुख श्याम राजवंशीले जानकारी दिनुभयो ।

 

 

६ सेट डायलोसिस मेसिनसमेत स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएकोमा मापदण्ड अनुसार दमक अस्पताल ५० बेडको नहुँदा उक्त मेसिन ल्याउन नसकिएको उपप्रमुख भट्टराईले बताउनु भयो । डायलोसिस मेसिन ल्याउन सकेको भए ठूलो उपलब्धि हुने भएपनि सरकारी मापदण्डमा नपर्दा ल्याउन नसकिएको दुखेसो गर्नुभयो ।

Share: