गौरीगञ्जमा वृद्धको शव फेला

दमक, ८ भदौ / झापाको गौरीगञ्जमा एक वृद्धको ट्युबवेल छेउमा कुहिएको अवस्थाको शव फेला परेको छ ।

 

गौरीगञ्ज गाउँपालिका- ३ स्थित कृपाल टोल निवासी राजेश सरवरिया मण्डलको घरमा बस्दै आउनुभएका अन्दाजी ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव शनिबार बिहान कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युबवेलमा मण्डलको शव फेला परेको थियो । शवको अवस्था हेर्दा ४-५ दिन अगाडी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले सो बारेमा अनुसन्धान अघि बढाएको छ । मृतक दिनहुँ जाँडरक्सी खाएर हिँड्ने गरेको स्थानीयको भनाई छ ।

Share: