दमक, ८ भदौ / खोटाङ हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको इसुजु हाइलक्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालकिा-१ कुँडुले नजकिबाट शनिबार साँझ सुनकोशी नदीमा खस्दा तीन यात्रु सहित गाडी बेपत्ता भएको छ ।
बेपत्ता हुनेहरुमा भक्तपुर सूर्यवनिायक नगरपालकिा जगातीका वर्ष ३२ का चालक अवनि बडे, ३० वर्षीय प्रनति स्यागु र ३७ वर्षीय बलराम घटुवा रहनु भएको छ ।
चारजना मध्ये हाम फालेर एक जना बाँच्न सफल भएको सिन्धुली प्रहरीले जनाएको छ । सुनकोशीको बहाव बढरिहेकाले बेपत्ताको खोजबनिका लागि सशस्त्रको गोताखोर परचिालन भएको सन्धिुली प्रहरीका प्रमुख एसपी गोवन्दिराज काफ्लेले बताउनु भयो ।
हाम फाल्दा घाइते बन्नु भएका भक्तपुर सूर्यवनिायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । कक्षपतिले घटनाबारे प्रहरीलाई जानकारी गराउनु भएको थियो ।