दमक, ९ भदौ । झापाको गौरीगञ्ज गाउँपालिका ५ को चिल्हारा बजारमा आगलागी भई दुईवटा घर जलेर नष्ट हुँदा ७ लाख रुपैयाँ बढीको क्षति भएको छ ।
शनिबार मध्यराति स्थानीय ४० वर्षीय सनपलाल हरिजनले गाईवस्तुका लागि बालेको घुरबाट सल्किएको आगोले सनपलाल र नजिक रहेको शुक्र हरिजनको घर जलेको हो । आगलागीबाट सनपलालको टिनको छानो र बाँसको टाटी भएको एकतले घरमा आगलागी हुँदा बाख्रा, अन्नपात, भाडावर्तन, नगद ५५ हजार गरी करिव ५ लाख बराबरको क्षति भएको छ ।
हरिजनको टिनको छाना र बाँसको टाटी भएको एकतले घरको पश्चिम भाग आधा जलेको छ । उनको अन्नपात लत्ताकपडा गरी अन्दाजी २ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र शाहको नेतृत्वमा प्रहरी टोलीको अगुवाईमा स्थानीय, प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा राति १.३० बजे आगो पूणर् रुपमा नियन्त्रणमा आएको थियो ।