प्राप्ति, सुमन र दीपिकालाई ‘इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन’को उपाधि (फोटो फिचर)

दमक, ९ भदौ   किङ्स नेपाल क्रिएसनको आयोजनामा ‘इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन २०२४’ सिजन २ को सिनियरतर्फ महिलाबाट ‘नेपाल विनर’ टाइटलसहित प्राप्ति दुलाल र पुरुषतर्फ सुमन तामाङ र जुनियरतर्फ दीपिका खनालले उपाधि प्राप्त गर्नुभएको छ ।

 


दमकस्थित हिमालय माध्यमिक विद्यालयमा सम्पन्न ग्रान्ड फिनालेमा २२ जना प्रतिस्पर्धीबीच हिमालय माविकी प्राप्ति, नेपाल आदर्श मावि उर्लाबारीका सुमन र सिद्धार्थ बोर्डिङकी दीपिकाले उपाधि जित्न सफल हुनु भएको हो । उहाँहरुलाई जनही २० हजार रुपैयाँ तथा ट्रफी र विभिन्न उपहार प्रदान गरिएको छ । मुख्य प्रायोजक कन्काई पार्टी प्यालेसले उहाँहरुलाई निःशुल्क स्वीमिङको प्रवन्ध गरिदिएको छ ।

 

सिनियरतर्फ प्रदेश विनर टाइटलमा सोनिसा रसाइलीले १५ हजार, झापा विनर टाइटलमा मान्सि अधिकारीले १० हजार र दमक विनर मान्यता चौधरीले ७ हजार ५ सय सहित उपाधि हात पार्नुभयो । सिनियरतर्फ पुरुष प्रदेश विनरमा केन्स थापाले १५ हजार, जुनियरतर्फ महिलामा खुसी भट्टराईले १५ हजार नगद सहित उपाधि प्राप्त गर्नुभयो ।
मल्टिमिडिया अवार्डतर्फ सिनियरमा सोनिसा रसाइली, जुनियर इन्सा लिम्बूले प्राप्त गर्नुभयो । मस्टपपुलर अवार्डमा सिनियरतर्फ साम्माङ लिम्बू, जुनियरतर्फ जेस्ना गिरीले प्राप्त गर्नुभयो । ट्यालेन्ट विनरमा सिनियरतर्फ केन्स थापा, अंकिता थापा तथा जुनियरतर्फ जेस्ना गिरी र इन्सा लिम्बू पुरस्कृत हुनुभयो ।

 


मल्टिमिडिया उत्कृष्ठ १० बाट सोनिसा रसाइली, खुसी भट्टराई, मल्टिमिडिया उत्कृष्ठ ५ बाट कृषा गौतम, इन्सा लिम्बू चुनिनु भयो ।
मिस क्याटवर्क विनर र अर्गनाइजर च्वाइजमा रेविका बस्नेतले उपाधि प्राप्त गर्नुभयो ।

 

मान्सि अधिकारी मिस कन्फिडेन्स, मान्यता चौधरी मिस सुन्दरी, प्राप्ति दुलाल मिस इन्टलेक्चुयल, अंकिता थापा मिस हार्डवर्किङ, विवासा राजवंशी मिस ग्लामरस तथा फोटोजेनिक, सुमन तामाङ मिस्टर क्रियटिभ, साम्माङ लिम्बू मिस पोलाइट बन्नुभयो । देव घिमिरे मिस्टर जेन्टलन्मेन्ट, विवासा लोहनी मिस डिसिप्लेन, दीपिका खनाल मिस हस्पिटालिटी, इन्सा लिम्बू मिस राइजिङ स्टार, सोनिसा लिम्बू मिस पर्सनालिटी, आयुष्मा विष्ट मिस मोडल आइकन, कृषा गौतम क्विक लर्निङबाट पुरस्कृत भएको आयोजक किङ्स नेपाल क्रिएसनका प्रोप्राइटर कृष्ण साहले जनाउनु भयो ।

यसखाले प्रतियोगिताले विद्यार्थीमा रहेको अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्ने जनाउँदै हिमालय माविका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले शुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगितामा निर्णायकका रुपमा लक्किराम केसी, नविन लुइटेल, दिवेश राई, नेहा बजाज, नीशा आचार्य, विष्णु गुरुङको सहभागिता रहेको थियो । प्रतियोगितामा झापा र मोरङको उर्लाबारीका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो