उज्यालो शिक्षा

एउटा कक्षामा ६ जना मात्रै विद्यार्थी, विद्यालय एकीकरणबारे के भन्छन् सरोकारवाला ?

 

दमक, भदौ १०/
दमक १० मा रहेको कक्षा ५ सम्म पढाई हुने सगरमाथा आधारभूत विद्यालयमा ८१ जना विद्यार्थी छन् । जसका लागि ३ जना शिक्षक दरबन्दीमा खटिएका छन् । सोही वडाको सिंहदेवी माद्यमिक विद्यालयमा कक्षा १० सम्म ४३५ अनि कक्षा ११ र १२ मा गरेर कुल ५२१ विद्यार्थीका लागि १७ जना शिक्षक छन् ।

यसैगरी अब तुलनात्मक कुरा गरौं दमक २ स्थित सरस्वती आधारभूत विद्यालय र हिमालय माविको । कक्षा ५ सम्मको सरस्वतीमा ३२४ विद्यार्थी र ७ जना शिक्षक छन् । नगरमै सवैभन्दा बढी विद्यार्थी भएको हिमालयमा कक्षा १२ सम्ममा २ हजार ८ सय ७५ विद्यार्थी छन्, जसका लागि ३६ जना शिक्षक दरबन्दीमा छन् ।

अनि दमक ९ को महालक्ष्मी आधारभूत विद्यालयमा ९७ विद्यार्थी छन् र ७ शिक्षक दरबन्दीमा छन् । सोही वडाको पाणिनी माविमा ३ सय ९३ विद्यार्थीका लागि १७ शिक्षकको दरबन्दी अनि सरस्वती माविमा कक्षा १२ सम्म १ हजार ८८ विद्यार्थीका लागि ३० जना शिक्षक दरबन्दीमा अध्यापनरत छन् ।

कम विद्यार्थी र कम शिक्षक दरबन्दी रही दयनीय हिसावमा रहेको सगरमाथालाई त्यसको ६ गुणा बढी विद्यार्थी र शिक्षक रहेको सिंहदेवीमा गाभ्दा के होला ? सगरमाथामा त कक्षा ४ र ५ मा ६,६ जना मात्र विद्यार्थी छन् ।

त्यस्तै, हिमालय माविमा सरस्वती आधारभूत, पाणिनी या सरस्वती माविमा महालक्ष्मी आधारभूत विद्यालय गाभ्दा सहजता होला कि ?
यी प्रतिनिधिमुक उदाहरण हुन् । दमकमा २१ वटा सामुदायिक र ६१ वटा संस्थागत गरी विद्यालयको संख्या ८२ छ । कतिपय सामुदायिक विद्यालयमा आवश्यक शिक्षक कर्मचारीको दरबन्दी नभएर पढाउन समस्या छ भनें कतिपय त विद्यार्थीको संख्या घट्दै गएर विद्यालय नै चल्न नसक्ने अवस्थामा पुगेका छन् । सर्वसुलभ रुपमा शिक्षा दिने भनिएका त्यस्ता विद्यालयको त्यो हविगतले आखिर आर्थिक विपन्न अवस्थाका पछि परेका समुदाय मारमा छन् । अनि गुणस्तरीय शिक्षा दिने नाममा संस्थागत विद्यालयको महंगो शिक्षाले पनि अर्कातर्फबाट यही समाजमा ढाड सेक्ने काम गरिरहेको छ ।

सामुदायिक सामुदायिक मात्र नभएर सामुदायिक र संस्थागत विद्यालय पनि पायक पर्ने हिसावले गाभ्न मिल्ने कानुनी व्यवस्था छ । सामुदायिक र संस्थागत विद्यालय आपसमा गाभ्दा कक्षा ५ सम्मकोलाई २० लाख र माविसम्मकोलाई ५० लाख रकम सरकारले व्यवस्थापन गर्ने प्रावधान छ ।

दमक नगरपालिकाले पनि २०७६ सालमा ‘दमक नगर आधारभूत तथा माद्यमिक शिक्षा ऐन’ निर्माण गरी विद्यालय सार्ने, गाभ्ने सहितका प्रावधान स्पष्ट रुपमा उल्लेख गरेको छ ।

 

विद्यालय गाभ्ने नीतिलाई दमक क्षेत्रमा कार्यान्वयन गर्नु कति आवश्यक छ त ? यसले सवैमा अनिवार्य अनि गुणस्तरीय शिक्षाको पहुँच र सर्वसुलभ शिक्षा प्रदान गर्ने कुरामा कस्तो भूमिका खेल्छ ? यस यस सन्दर्भमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन् (प्याव्सन) दमक नगर कमिटी सचिव नवीन योगीसँग हामीले संवाद गर्यौ । उहाँ भन्नु हुन्छ ‘हामी सामुदायिक  विद्यालयसग मर्ज हुन तयार छौ । तर त्यसपछि त्यो सस्था सञ्चालनको दायित्व कस्को र कसरी हुने भन्नेबारेमा भने यकिन गरिदिन पर्यो । ’

विद्यालय गाभेर मात्र पनि शिक्षाको गुणस्तर सुधार नहुन सक्छ । अनि विद्यालय गाभ्दाको आर्थिक व्यवस्थापन स्थानीय सरकारले कसरी गर्न सक्ला ? भन्दै चिन्ता व्यक्त गर्नु हुन्छ हिमालय माद्यमिक विद्यालय दमकका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठ । सामुदायिक विद्यालयसँग निजीको एकीकरण गर्न कानुनी व्यवस्था भएपनि त्यसको अभ्यास हुन नसकेको बताउँदै श्रेष्ठ भन्नु हुन्छ, ‘निजी –सामुदायिक  विद्यालय एकीकरण गर्दा हुने आन्तरिक व्यवस्थापकीय समस्या त बढ्छ नै यसले शिक्षामा सुधार दिन्छ भन्नेबारेमा विश्वास गर्न सक्ने आधार भने छैनन । ’

यता कमजोर विद्यालय सुधार गर्नका लागि सहयोगको कार्यक्रम अघि बढाएको र अवको शैक्षिकसत्रसम्म पनि विद्यालयमा सुधार हुन नसकेमा दमक नगरपालिकाले त्यस्ता विद्यालयलाई निर्ममतापूर्वक गाभ्ने योजना बनाएको नगर प्रमुख रामकुमार थापाको भनाई छ । ‘पहिलो चरणमा सामुदायिक –सामुदायिक विद्यालय गाभ्ने गरी लाग्ने छौ । त्यसको परिणाम कस्तो हुन्छ अनी निजी– सामुदायिकमा पनि हामी पस्ने छौ । ’ नगर प्रमुख थापाले भन्नु भयो ।

जुनसुकै विद्यालय पनि आवश्यकताका आधारमा गाभ्न सकिने व्यवस्थाले कमजोर विद्यालय अरुमा गाभिँदा त्यस्ता विद्यालयको संकटमोचन हुने थियो । आवश्यकता अनुसार विद्यालय गाभेर भएपनि विद्यालय शिक्षा सुधार गर्दै अनिवार्य अनि गुणस्तरीय शिक्षाको पहुँच बढाउन र सर्वसुलभ शिक्षा प्रदान गराउनमा सम्बन्धित पक्ष जुट्नु आवश्यक देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ