पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रमको अनुमतिको पहल

पथरी, ११ भदौ / मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रम संचालन अनुमतिको लागि अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

 

मोरङको पथरी शनिश्चरे -१ पथरी- डाइनिया सिटी टोल विकास समितिद्धारा आयोजित एक संक्षिप्त कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
संसदबाट तलव भत्ता केही नलिने घोषणा गर्नुभएका सांसद् शर्माले आफूले निर्वाचनका समयमा गरेका विकास निर्माण सम्बन्धि प्रतिबद्धताहरू पूरा गर्न लागिपरेको भन्दै आफ्नो कार्यकालभरी भ्रष्टाचार नगर्ने र आफूलाई जिताउने आममतदाताको शीर सधैँ उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

पथरी डायनिया सडक खण्ड अन्तर्गत पथरी शनिश्चरे १ को मन्दिर लाईनदेखि बुद्ध चोकसम्मको करिब १ किलोमिटर लामो सडकमा गत आर्थिक वर्ष २०८०/०८१ मा कालोपत्रे गर्न २ करोड ६० लाख रुपैयाँ बराबरको वजेट विनियोजन गराई बिशेष भूमिका निर्वाह गर्नु भएको भन्दै शर्मालाई टोल विकास समितिले सम्मान गरेको छ । वडा नम्बर -१ का वडाध्यक्ष भीम कुमार राई र टोल विकास समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरेले उहाँप्रति धन्यवाद सहित आभार प्रकट गर्नुभयो ।

 

सोही क्रममा वडा अध्यक्ष राईले नगरकै बढि जनसंख्या रहेको आफ्नो वडामा विभिन्न सडकहरू भत्किएर जिणर् अवस्थामा रहेकाले आगामी दिनहरुमा पनि संघीय सरकारबाट बजेट निकासाका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

 

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्का, वडा नम्बर १ का वडा सदस्य सुरेश कुमार कार्की, पथरी डायनिया सडक टोल विकास समिति उपाध्यक्ष पोषराज काफ्ले , समाजसेवी लोकनाथ खरेल लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो