ओम शान्ति डेण्टलको गाउँ केन्द्रित स्वास्थ्य शिविर, पहुँच नपुगेकालाई सहजता

दमक, ११ भदौ / झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित शिवगञ्ज गाउँ । यो ठाउँमा नगर अस्पताल रहेपनि अझैपनि विशेषज्ञ स्वास्थ्य सुविधा पुग्न सकेको छैन ।
यहाँका मानिसमा जटिल बिरामनै लागेमा उपचारका लागि सामान्यतः दमक तथा बिर्तामोड बजारमा खुलेका ठूला अस्पतालमा लैजाने गरिन्छ । यस्तो ठाउँमा विषयको विज्ञ सहितको चिकित्सकहरु कमै पुगेर सेवा दिने गर्दछन । यो ठाउँको स्थितीलाई मद्यनजगर गर्दै दमकमा रहेको ओम शान्ति डेण्टल हस्पिटलले सो गाउँमा निःशुल्क शिविर लग्यो । यो वातावरण बनाइदियो राष्ट्रिय यूवा संघ शिवसताक्षी नगर कमिटीले ।

 

यूवा संघको स्थानीय आयोजना तथा व्यवस्थापनमा भएको दाँत सम्बन्धीको शिविरमा अस्पतालको तर्फबाट दन्त रोग विषेशज्ञ डा. स्मारक दाहालको टिम पुगेको थियो ।
‘गाउँका बासिन्दाहरुमा अझैपनि दाँतको उचित हेरचाह र सुरक्षा गरेको पाइएन ।’ शिविरबाट फर्केपछि उज्यालो खवरसँग कुरा गर्दै डा. दाहालले भन्नु भयो ‘दाँतमा किराले खाएको, गिजा सुन्निएको, रगत बगिरहने जस्ता समस्या शिवगञ्जमा गरिएको शिविरमा देखियो ।’
शिविरबाट १ सय २ जनाले सेवा पाएका छन् ।

 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा कोशी प्रदेश सभाका सांसद राधाकृष्ण खनाल लगायतको समेत उपस्थिती रहेको थियो ।

 

यस खाले शिविरले गाउँमा सहज स्वास्थ्य पहुँच नपुगेका नागरिकले. सहजै विषेषज्ञ सहितको सेवा पाएको अस्पतालका व्यवस्थापक कमल गैरेले जानकारी दिनु भयो ।
शिविरमा परीक्षणका साथै औषधी पनि निःशुल्क वितरण गरिएको थियो भने जटिल समस्या भएकाहरुलाई अस्पतालमै उपचार गराउन सुझाव दिइएको थियो ।
जटिल समस्या भएकाहरुलाई शिविर सम्पन्न भएको एक साताभित्र ओम शान्ति डेण्टलमा आएर उपचार गराउँदा निःशुल्क ओपीडी र अन्य उपचारमा समेत २५ प्रतिशतसम्म छुटको प्रबन्ध मिलाइएको समेत व्यवस्थापक गैरेले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो