बालिका मृत्यु भएको दुई महिनापछि सिटी चालक पक्राउ

दमक, १२ भदौ  असार १४ गते सिटी सफारीको ठक्करबाट दमकमा २ वर्षीया बालिकाको मृत्यु भएको घटनाको दुई महिनापछि ठक्कर दिने सिटी सफारीका चालक पक्राउ परेका छन् ।

 

तेह्रथुमको साविक थोक्लाङ १ घर भइ हाल दमक नगरपालिका ९ बस्ने ५५ वर्षीय फिलिप भन्ने लछुमन लिम्बुलाई लुकिछिपी बसेको अवस्थामा दमक ८ बाट पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

 

 

दमक नगरपालिका १ बरगाछीस्थित भित्री सडक खण्डमा लिम्बुले चलाईको मे.१ ह ६४०९ नम्बरको सिटी सफारीले पैदलयात्री काठमाडौं दक्षिणकालीका नगरपालिका १ घर भइ हाल दमक १ बस्ने सर्मिला नेम्बाङ र निजको छोरी बर्ष २ की आरोशी मगरलाई ठक्कर दिई घाईते भई स्थानीय लाइफलाइन अस्पतालमा उपचार गरिएको थियो । सो क्रममा बालिका आरोशीको सोही दिन मृत्यु भएको थियो ।

Share: