पथरी, १२ भदौ / मोरङको पथरी शनिश्चरे १ को भुल्के जालपादेवी मन्दिर परिसरमा अखिल नेपाल महिला संघ पथरी शनिश्चरे नगर कमिटीद्वारा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ।
बुधवार वन्यजन्तुलाई फलफूल खुवाउनुका वृक्षारोपण गरी तिज कार्यक्रम सम्पन्न भयो ।
अनेमसंघ, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज धना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आँप, लिची,मेवा, केरा, आदि प्रजातिका विरूवाहरू रोपिएको थियो भने वन जंगलमा रहेका वाँदर, चराचुरुङ्गी, समेतलाई केरा लगायत फलफूल खुवाइएकाे थियाे।
सो अवसरमा अनेमसंघ केन्द्रीय सदस्य यमुना विष्ट बास्तोलाले अगाडि भन्नुभयो -” शहर बजारमा महिला दिदीबहिनीहरुले मौलिक तिज पर्वलाई दुई महिना अघिदेखि मनाउँदा भड्किलो हुँदै नेपाली सांस्कृतिक परम्परा विस्थापित हुँदै गएको छ । हाम्रो साझा तिज पर्वलाई विपन्न वर्गका महिलाहरुले मनाउन समस्या उत्पन्न हुँदै गएको छ । ”
अनेमसंघ नगर अध्यक्ष शारदा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नगर ईन्चार्ज दिलिप कुमार राई, नगर प्रवक्ता नवीनजंग कार्की, वडा नम्बर -१ का वडाध्यक्ष भीमकुमार राई, जिल्ला कमिटीका सदस्य बाबुराम एङ्देन, भगतचन्द्र थपलिया, नगरकमिटीका अध्यक्ष रमेश दहाल , नगर कमिटीका पदाधिकारी लगायतको बाक्लो उपस्थिति रहेको थियो। सोही क्रममा विभिन्न तिज गीतहरुमा महिला दिदीबहिनीहरुले छमछमी नाचेका थिए।