गगन र विश्वप्रकाशलाई गलाउने योजनामा देउवाको बैठक

Untitled design (3)

दमक, १३ भदौ   महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग प्रतिवेदनको विषयमा कुरा नमिलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारका लागि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनु भएको छ ।

 

 

एक महिना अघिदेखि चल्दै रोकिदै आएको कांग्रेस केन्द्रीय समितिको बैठकका क्रममा सभापति देउवाले महामन्त्रीद्वयले पेश गरेको प्रस्तावबारे बुढानिलकण्ठस्थित निवासमै छलफल थाल्नुभएको थियो । यस अघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिएपछि निष्कर्षमा पुगेको थिएन । बिहीबारको बैठकमा पनि सोही अडान दोहोरिएपछि देउवाले देउवाले त्यसलाई परिमार्जन गर्न अनुकुलता सिर्जना गर्ने हिसावले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राख्न लाग्नु भएको बुझिएको छ ।

 

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयमा देउवाले परिमार्जनको कुरा उठाउँदै आउनु भएको हो । महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ ।

 

 

सभापति देउवा चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निणर्य गरेर जान नहुने पक्षमा रहेकाले यी दुई प्रस्तावले आफुलाई अप्ठेरो परेकोमा देउवा त्यसलाई फिर्ता गराउने पक्षमा लागेको बुझिन्छ ।

शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बस्ने योजना छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत