आजबाट शुक्रबार पनि दमक बजार खुला

दमक,१४ भदौ /  नजिकिएको चाडपर्वलाई लक्षित गरेर दमकमा अबदेखि शुक्रवार पनि बजार खुला हुने भएको छ ।

 

नेपालीहरुको महान चाड दशै, तिहार, छैठ लगायतका सांस्कृतिक चाडपर्वमा उपभोक्ताहरुलाई सहजता उपलव्ध गराउन बजार खुला राख्ने निर्णय भएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाई गोपालले जनाउनु भयो ।

 

संघले  सूचना प्रकाशित गरी शुक्रबार साप्ताहिक रूपमा बन्द रहदै आएको बजार खुला रहने उल्लेख गरेको छ ।

Share: