मदनडाँगी-ताराबारी डिपु सडक उत्कृष्ठ, दमक नगरलाई सम्मान

दमक, १४ भदौ /  सहरी विकास मन्त्रालयले निर्माण सम्पन्न हुन लागेको दमकको मदन डाँगी – ताराबारी डिपु सडक आयोजना देशमै उत्कृष्ठ भएको ठहर गर्दै दमक नगरपालिका कार्यालयलाई सम्मानित गरेको छ ।

 

सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत १७ वटा पालिकाहरुमा प्रारम्भ गरिएको आयोजनाहरुमध्ये दमक नगरपालिकामा सञ्चालित मदन डाँगी – ताराबारी डिपु सडक आयोजना व्यवस्थित र प्रसंसनीय भएको भन्दै मन्त्रालयले प्रशंसापत्रले प्रशंसित गरेको हो ।

 

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रालयमा आमन्त्रण गरी दमक नगर प्रमुख रामकुमार थापालाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
दमक १ र ५ नम्बर वडा हुँदै दमक ४ को ताराबारी डिपुसम्मको सो सडक दमकको नमूना सडकका रुपमा बन्दै गरेको छ ।
देशभरकै १७ वटा पालिकामध्ये दमक नगरपालिकामा पनि विश्वबैकको योजनामा सो सडक परेको हो । सडकको बीचमा हरियाली क्षेत्रको व्यवस्था गर्न एकै लहरका विरुवा रोपिने योजनामा उल्लेख गरिएको छ भने दुवै छेउमा पैदल यात्री र साइकल लेण्डसमेतको ब्यवस्था गरिने गरी निमाणर् कार्य भइरहेको छ । सडकको दुवैतर्फ बिजुली बत्तीको जडान गरिने र नाला निर्माण गरिने छ । पाँच किलोमिटर लम्बाई र १५ मिटर चौडाईको सो सडक निर्माणकालागि ४४ करोड २४ लाखमा ठेक्का सम्झौता भएको र सोही अनुसार काम भइरहेको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले जानकारी दिनु भयो ।

 

 

विसं २०८२ असारसम्ममा सडक निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सो सडक सम्पन्न हुँदा दमक पश्चिमी क्षेत्रका स्थानीयलाई दमक बजारसँग जोडिन सरल भइ सहजता प्रदान हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो