"भागबण्डामा समस्या"

कोशीमा माओवादीको समर्थन फिर्ता, कांग्रेस अझै गएन सरकारमा

विराटनगर, १४ भदौ / कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारबाट आफु बाहिरिएको एक महिनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यता सरकारमा सामेल हुने नयाँ सत्ता साझेदार नेपाली कांग्रेसले भनें अझै मन्त्रिको नाम पठाउन सकेको छैन ।

 

कांग्रेस र एमालेबीच गठवन्धन अघि बढेपछि साउन १२ गते माओवादीले मन्त्रीहरु फिर्ता बोलाएको थियो । त्यो बेलादेखि कांग्रेसका लागि खाली रहेको मन्त्रीको स्थान हालसम्म खाली रहेको छ । कोशी प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम प्रदेशलाई छान्नै नदिने र आफू पनि छान्न नसक्ने केन्द्रीय नेतृत्वको कार्यशैलीले कोशीमा कांग्रेस अनिणर्यको बन्दी बनेको छ ।

 

मन्त्रीहरुको नाम टुङ्ग्याउने एक महिनाभन्दा लामो प्रयास विफल भएपछि कांग्रेस शुक्रबार कोशी प्रदेशसभाको बैठकमा मन्त्री बेगरै उपस्थित हुने भएको छ । यद्यपि मुख्यमन्क्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई समर्थन गर्दै कांग्रेस शुत्रबारदेखि सदनमा सत्ता पक्षको लहरमा बस्ने भएको छ । मन्त्रीहरुको नाम टुंगो लाग्न अझै केही दिन लाग्ने देखिएका शुक्रबारदेखि आफुहरु सत्तापक्षको लहरमा बस्ने कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले बताउनु भयो ।

 

 

कम्तीमा एकै जनालाई भए पनि मन्त्री बनाएर पठाउने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत नभएपछि अन्ततः कांग्रेस मन्त्री बिना नै प्रदेशसभाका उपस्थित हुने भएको हो ।

 

दुई महिनाभन्दा लामो समयदेखि अनिश्चितकालीन स्थगनमा रहेको प्रदेशसभाको बैठक शुक्रबार सुरु भएको छ ।

Share: