काँकडभिट्टाबाट जुटको आयात घट्दो क्रममा

दमक, १५ भदौ  पूर्वीनाका काँकडभिट्टाबाट जुटजन्य वस्तुको आयात अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा केही घटेको हो ।

 

मेची भन्सार कार्यालय काँकडभिट्टाबाट आर्थिक वर्ष २०७९÷०८० को तुलनामा २०८०÷०८१ मा जुट तथा जुटजन्य वस्तुको आयात २७ करोड ११ लाख ८० हजार रुपैयाँ अर्थात सात दशमलव २५ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले जनाउनु भयो । २०७९÷०८० मा तीन अर्ब ७४ करोड सात लाख ९९ हजार रुपैयाँ मूल्य बराबरको तीन करोड ७० लाख ५४ हजार छ सय तीन केजी जुट तथा जुटजन्य सामान आयात भएकोमा २०८०÷०८१ मा तीन अर्ब ४६ करोड ९६ लाख १९ हजार रुपैयाँ मूल्यको ४१ करोड ४६ लाख नौसय ४३ केजी जुट तथा जुटबाट निर्मित सामानको आयात भएको तथ्यांकले देखाएको छ ।

 

काँकडभिट्टा नाका भएर आयात हुने मुख्य दशवटा वस्तुहरुमध्ये जुट र जुटबाट बनेका सामान दोस्रोमा पर्दछन् । खासगरी जुटका तयारी वस्तुमा कपडा, बोरा, झोला, सनपाटको धागो सुत्लीलगायतका वस्तु आयात भएको छ ।

 

 

नेपालमा उत्पादित जुट ९० प्रतिशतभन्दा बढी भारत र बंगलादेशमा हुँदै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो