दमकमा मनाइयो भोकाएकाहरुसँग तिज

दमक, १५ भदौ  तिज खर्चिलो र भड्किलो समेत बन्दै गएको अवस्थामा यसलाई असल संस्कारको रुपमा मनाउनु पर्छ भने उद्धेश्यले पहिलो पाइला नेपाल र जय महाकाल युवा समूहले सहाराविहीन अवस्थामा भेटिएका भोकाएकाहरुलाई दर खुवाएर दमकमा तिज मनाएको छ ।

 

दमक नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भिम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिजको अवसरमा सडकमा भेटिएका सहाराविहीन तथा भोकाएकाहरुलाई भोजन गराइएको पहिलो पाइला नेपालका अध्यक्ष राजु निरौलाले जानकारी गराउनु भयो ।

 

 

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु खडका, क्लब हिमालयन दमक शाखा सह सचिव खगेन्द्र बजगाईं, महाकाल सस्था प्रमुख दिपक गुरुङ, सामाजिक व्यक्तित्व गणेश प्रधान, मेघनाथ फुयाल, दिवस खतिवडालगायतको उपस्थिति रहेको थियो ।

 

 

Share: