कविता “बा”

दुर्गादेवी काफ्ले/

बोकेको भारी बिसाउन मन छ कहॅा होला चौतारी
यसैमा दोहोरी गीत गाउन खोजे आइदेउन दौतरी
शिरको नाम्लो पिठ्युको भारी कोसंग साटौला
फलैचा माथि बसौन साथी पीर दुःख पोखौला

 

भारीछ मेरो ढाकैरै भरी त्यॅा माथि छोरी छन्
खान र लाउन दुःखै छ साथी जीवन दुःखि झन
भरिया दाईको भारी बिसाउने कॅा होला चौतारी
धनी र गरिव यस्तै हो साथी उमेरका दौतरी

 

बारिको साग कान्लाको सिस्नु आमाले पकाको
खाउछोरी खाउ मिठो छ भन्दै बाबा ले फकाको
ऐले झैं लाग्छ त्यो खोले डल्ला गुन्द्रुकमा चोबेको
भारिको साथ ढाकर माथि बाबाले बोकेको

 

लट्टेको साग हॅाडिमा भुटि भुनेको महि पिउॅदा
खुसी नै छैन यो मेरो मन बाबालाई नदेख्दा
बाख्राको टाट्नु दुदिलोको घॅास छदै छ ऐले नि
तीदिन हरू गाह्रौ भो बाबा बिर्सन् कहिले नि

 

के गर्ने बाबा अधिकार छैन गर्ने नि पिण्डदान्
श्राद्ध नी गर्न पाइन् बाबा मन दुःखछ अझैं झन्
त्यसैले बाबा हजुरको नाममा अक्षयकोष खोल्याछु
जा गएपनि बाबाको महत्व सधैं नै बोल्याछु
(बाबा सधैं नै बोल्या छु)२
छन्द नै छैन कवितामा त भाव मात्र पोख्या छु
जता नै हेर्यौ उतै तिर

(आफ्नै बा देख्छु )२

Share: