छात्रवृत्ति कोषको योजना

४५ वर्षपछि भूपू विद्यार्थीले सिंहवाहिनीमा जोडे खानेपानीको युभी प्लान्ट

पथरी, २२ भदौ / आफु पढेको विद्यालयमा आफुले त पानी पिउन पाइएन पाइएन, तर ४५ वर्षपछि पनि त्यही विद्यालयमा पढ्ने आफ्ना सन्ततीले समेत उही काकाकुलको नियति भोगिरहनु पर्दा तपाईंलाई कस्तो लाग्ला ? पक्कै पनि मन अवाक हुन्छ । मनले आफैंलाई समेत धिक्कार्ने अवस्था हुन्छ होला ।

 

 

पानी पिउन नपाएको लामो समयदेखिको व्यथालाई खुसीमा परिणत गर्ने काममा सोही विद्यालयका भूतपूर्व विद्यार्थीहरु लागि परे । त्यसपश्चात मोरङको पथरी शनिश्चरे ९ रिंगुवास्थित ग्रामिण बस्तीको सिंहवाहिनी माद्यमिक विद्यालयका विद्यार्थीहरुले अत्याधुनिक प्रविधिबाट सुद्धिकरण गरिएको खानेपानीको युभी प्लान्ट प्राप्त गरे । अनि खुसी हुँदै धितमरुन्जेल पानी पिए ।

 

पथरी बजारबाट अढाईं किलोमिटर दक्षिणमा रहेको सो ठाउँमा आयोजनाको पानी पुगेको छैन । डाँडो ठाउँमा रहेको विद्यालय क्षेत्रमा ट्युबवेलमा समेत पानी आउँदैन । विद्यालयको पनि आधुनिक उपकरण राखेर सुद्ध पानी खुवाउन सक्ने आर्थिक हैसियत थिएन । त्यस अवस्थामा भूतपूर्व विद्यार्थीहरुमा पनि विशेष गरी राजकुमार नाछिरिङ राई र नारायण श्रेष्ठको अगुवाईमा भूतपूर्व विद्यार्थी समेट्ने र रकम संकलन गर्न आव्हान गर्दै खानेपानीको प्लान्ट जोड्ने कामले सफलता हाँसिल भयो ।

 

यो खाले कार्यक्रममले विद्यार्थीहरुमा सुद्ध पानी पिउन पाएकोमा खुसी छाउनुका साथसाथै आफुहरु पनि भूतपूर्व भएपछि विद्यालयप्रति निर्वाह गर्नुपर्ने भूमिका सम्झाएको विद्यार्थी अग्रिम खड्काले जनाउनु भयो ।

 

०३५ सालमा स्थापना भएको सो विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको ०८० पुस २७ मा भएको पुनर्मिलन कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत सम्पर्क र छलफल हुँदै गयो । विद्यालयकालागि अति आवश्यकीय पक्षमा सहयोग पुर्याउने उद्धेश्य मन्थन हुँदै गर्दा खानेपानीको विषयले प्राथमिकता पाएको अभियानका अगुवामध्येका राजकुमार नाछिरिङ राईले प्रष्ट्याउनु भयो । उहाँले अक्षयकोष नै खडा गर्ने अवको योजनामा छलफल अघि बढिसकेको समेत सुनाउनु भयो ।

सो आयोजना सफल पार्न २२ भूतपूर्व विद्यार्थी र एक शिक्षकबाट समेत गरी २ लाख ९० हजार नौ रुपैयाँ संकलन भयो । त्यसमध्ये १ लाख ४० हजार खानेपानीका लागि खर्च भएर १ लाख ५० हजार रकम बचेको छ । जसमा सवैभन्दा बढी पाइलट डा. भोगेन्द्र कठायतले १ लाख २५ हजार प्रदान गर्नुभएको छ । उत्तरकुमार लिम्बूले २५ हजार, भवानीनाथ गौतम र भूपाल गौतमले २५ हजार, प्रकाश राईले १७ हजार, अञ्जना अधिकारीले १० हजार १ सय, गोपाल कार्कीले १० हजार ५१, रमला सुब्बाले १० हजार १, राजकुमार नाछिरिङ राईले १० हजार प्रदान गर्नुभएको छ ।

 

यसैगरी सूर्यबहादुर राईबाट ७ हजार, एकराज दुलालबाट ५ हजार ५ सय ५५, कल्पना राईबाट ५ हजार ५ सय ५१, गोविन्द सिटौलाबाट ५ हजार १ सय रुपैयाँ खानेपानीमा सघाउने काम भएको छ । टंकप्रसाद पराजुली, राधा ढकाल, चन्द्रकला कोपिला राई, रमेश घिमिरे, मञ्जु थापाले पाँच पाँच हजार रकम उपलब्ध गराउनु भयो । विष्णु लुईटेल वास्तोलाले २ हजार ५ सय, टंकदीपा रिजाल र पर्शुराम थापाले दुई दुई हजार र नारायण श्रेष्ठले १ हजार ४ सय रुपैयाँ जुटाउनु भयो ।

 


विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीना राईको अध्यक्षताको खानेपानी उद्घाटन कार्यक्रममा प्रधानाध्यापक उमेशकुमार खड्काले यसखाले सहयोगले खानेपानी प्राप्त गर्न पाएकोमा खुसी हुँदै आधार व्यक्त गर्नुभयो ।

 

पहिले आफ्नो पालाको पानीको हाहाकार सम्झिदै कार्यक्रमका प्रमुख अतिथि ९ नम्बर वडाध्यक्ष वीरबहादुर राईले खानेपानीको यो सहजताप्रति खुसी व्यक्त गर्दै गुणस्तरीय पठनपाठनमा जोड दिनु भयो ।

 

सुद्ध पानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार हो । सहरी क्षेत्र नजिकैको नगरपालिका क्षेत्रको विद्यालयमा खानेपानी प्राप्त गर्न ४५ वर्षसम्म काकाकुल बनेको बिडम्बनापूणर् अवस्था चिर्न भूपू विद्यार्थीको एकता सह्राहनीय देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग