छात्रवृत्ति कोषको योजना

४५ वर्षपछि भूपू विद्यार्थीले सिंहवाहिनीमा जोडे खानेपानीको युभी प्लान्ट

pathari khane pani

पथरी, २२ भदौ / आफु पढेको विद्यालयमा आफुले त पानी पिउन पाइएन पाइएन, तर ४५ वर्षपछि पनि त्यही विद्यालयमा पढ्ने आफ्ना सन्ततीले समेत उही काकाकुलको नियति भोगिरहनु पर्दा तपाईंलाई कस्तो लाग्ला ? पक्कै पनि मन अवाक हुन्छ । मनले आफैंलाई समेत धिक्कार्ने अवस्था हुन्छ होला ।

 

 

पानी पिउन नपाएको लामो समयदेखिको व्यथालाई खुसीमा परिणत गर्ने काममा सोही विद्यालयका भूतपूर्व विद्यार्थीहरु लागि परे । त्यसपश्चात मोरङको पथरी शनिश्चरे ९ रिंगुवास्थित ग्रामिण बस्तीको सिंहवाहिनी माद्यमिक विद्यालयका विद्यार्थीहरुले अत्याधुनिक प्रविधिबाट सुद्धिकरण गरिएको खानेपानीको युभी प्लान्ट प्राप्त गरे । अनि खुसी हुँदै धितमरुन्जेल पानी पिए ।

 

पथरी बजारबाट अढाईं किलोमिटर दक्षिणमा रहेको सो ठाउँमा आयोजनाको पानी पुगेको छैन । डाँडो ठाउँमा रहेको विद्यालय क्षेत्रमा ट्युबवेलमा समेत पानी आउँदैन । विद्यालयको पनि आधुनिक उपकरण राखेर सुद्ध पानी खुवाउन सक्ने आर्थिक हैसियत थिएन । त्यस अवस्थामा भूतपूर्व विद्यार्थीहरुमा पनि विशेष गरी राजकुमार नाछिरिङ राई र नारायण श्रेष्ठको अगुवाईमा भूतपूर्व विद्यार्थी समेट्ने र रकम संकलन गर्न आव्हान गर्दै खानेपानीको प्लान्ट जोड्ने कामले सफलता हाँसिल भयो ।

 

यो खाले कार्यक्रममले विद्यार्थीहरुमा सुद्ध पानी पिउन पाएकोमा खुसी छाउनुका साथसाथै आफुहरु पनि भूतपूर्व भएपछि विद्यालयप्रति निर्वाह गर्नुपर्ने भूमिका सम्झाएको विद्यार्थी अग्रिम खड्काले जनाउनु भयो ।

 

०३५ सालमा स्थापना भएको सो विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको ०८० पुस २७ मा भएको पुनर्मिलन कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत सम्पर्क र छलफल हुँदै गयो । विद्यालयकालागि अति आवश्यकीय पक्षमा सहयोग पुर्याउने उद्धेश्य मन्थन हुँदै गर्दा खानेपानीको विषयले प्राथमिकता पाएको अभियानका अगुवामध्येका राजकुमार नाछिरिङ राईले प्रष्ट्याउनु भयो । उहाँले अक्षयकोष नै खडा गर्ने अवको योजनामा छलफल अघि बढिसकेको समेत सुनाउनु भयो ।

सो आयोजना सफल पार्न २२ भूतपूर्व विद्यार्थी र एक शिक्षकबाट समेत गरी २ लाख ९० हजार नौ रुपैयाँ संकलन भयो । त्यसमध्ये १ लाख ४० हजार खानेपानीका लागि खर्च भएर १ लाख ५० हजार रकम बचेको छ । जसमा सवैभन्दा बढी पाइलट डा. भोगेन्द्र कठायतले १ लाख २५ हजार प्रदान गर्नुभएको छ । उत्तरकुमार लिम्बूले २५ हजार, भवानीनाथ गौतम र भूपाल गौतमले २५ हजार, प्रकाश राईले १७ हजार, अञ्जना अधिकारीले १० हजार १ सय, गोपाल कार्कीले १० हजार ५१, रमला सुब्बाले १० हजार १, राजकुमार नाछिरिङ राईले १० हजार प्रदान गर्नुभएको छ ।

 

यसैगरी सूर्यबहादुर राईबाट ७ हजार, एकराज दुलालबाट ५ हजार ५ सय ५५, कल्पना राईबाट ५ हजार ५ सय ५१, गोविन्द सिटौलाबाट ५ हजार १ सय रुपैयाँ खानेपानीमा सघाउने काम भएको छ । टंकप्रसाद पराजुली, राधा ढकाल, चन्द्रकला कोपिला राई, रमेश घिमिरे, मञ्जु थापाले पाँच पाँच हजार रकम उपलब्ध गराउनु भयो । विष्णु लुईटेल वास्तोलाले २ हजार ५ सय, टंकदीपा रिजाल र पर्शुराम थापाले दुई दुई हजार र नारायण श्रेष्ठले १ हजार ४ सय रुपैयाँ जुटाउनु भयो ।

 


विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीना राईको अध्यक्षताको खानेपानी उद्घाटन कार्यक्रममा प्रधानाध्यापक उमेशकुमार खड्काले यसखाले सहयोगले खानेपानी प्राप्त गर्न पाएकोमा खुसी हुँदै आधार व्यक्त गर्नुभयो ।

 

पहिले आफ्नो पालाको पानीको हाहाकार सम्झिदै कार्यक्रमका प्रमुख अतिथि ९ नम्बर वडाध्यक्ष वीरबहादुर राईले खानेपानीको यो सहजताप्रति खुसी व्यक्त गर्दै गुणस्तरीय पठनपाठनमा जोड दिनु भयो ।

 

सुद्ध पानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार हो । सहरी क्षेत्र नजिकैको नगरपालिका क्षेत्रको विद्यालयमा खानेपानी प्राप्त गर्न ४५ वर्षसम्म काकाकुल बनेको बिडम्बनापूणर् अवस्था चिर्न भूपू विद्यार्थीको एकता सह्राहनीय देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन