प्रादेशिक आयुर्वेद अस्पताल कमलको सेवा विस्तार

दमक, २३ भदौ  ।  सेवा सुचारु गरेको १ वर्षपछि झापाको कमल गाउँपालिकामा रहेको कोशी प्रादेशिक आयुर्वेद अस्पतालले अन्तरंगसहितका आफ्ना सेवा विस्तार गरेको छ ।

 

 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार एक कार्यक्रमकाबीच विरामीलाई बेड भर्ना गरेर उपचार गर्ने लगायतका विस्तारित सेवाको उद्घाटन गर्नुभयो ।

 

अस्पतालमा एक्सरे, अन्तरङ्ग सेवा, इसीजी, भिडियो एक्सरे, जडिबुटीबाट औषधी उत्पादन, जीवन व्यवस्थापन पद्धती लगायतका सेवा तथा कार्यक्रमको उद्घाटन गरिएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले उपचार पद्धतीका हिसावले प्रभावकारी र गुणकारी आयुर्वेद उपचारलाई थप व्यवस्थित बनाउन सरकारले कार्यदल समेत बनाएको बताउनु भयो । यसलाई आयुर्वेदको स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने प्रदेशको योजना रहेको समेत उहाँले सुनाउनु भयो ।

 

 

कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले अस्पताललाई प्रतिष्ठानका रुपमा परिणत गर्दाका अवस्थामा गर्नुपर्ने भौतिक, आर्थिक र कर्मचारीको व्यवस्थापनका विषयमा जानकारी प्रस्तुत गर्नुभयो ।

 

सो अवसरमा बोल्दै अस्पतालका निमित्त निर्देशक डा. शिद्धार्थ ठाकुरले आयुर्वेदिक उपचारका लागि आफुहरुले हालसम्म गरेका प्रयास र अवको कार्यदिशाका बारेमा जानकारी गराउनु भयो ।

 

सुविधासम्पन्न तीनतले भवन निर्माणसँगै केन्द्रीय सरकार र प्रदेश सरकारका निकायबाट सो अस्पताल सञ्चालन गर्न सहयोग प्राप्त हँुदै आएको छ । स्थानीय सरकार र केही दातृ निकायहरुले समेत गरेको सहयोगबाट अस्पतालको सेवालाई थप विशिष्टिकृत गर्दै लगिरहेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ