दैनिक संक्रमण वृद्धि

कोरोनाको बढ्दो ग्राफ  :  ठूला शहर र सीमा नाकामा चाप

 

झापा/

२५ पुस, काठमाडौं । पुस १९ गतेयता कोरोना भाइरसको दैनिक संक्रमण वृद्धि हुँदै गएको छ ।
पुस १९ गते औसत १०० जनामा कोरोना परीक्षण गर्दा २.६ जनामा संक्रमण देखिएकामा पुस २५ गते भने ९.२४ जनामा देखिएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ६३२ परीक्षण (पीसीआर र एन्टिजेन) हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित यो संख्या दोस्रो लहर मत्थर भएपछि सबैभन्दा धेरै हो ।
उपत्यका संक्रमण फैलावटको केन्द्र बन्दै
काठमाडौं उपत्यकाका तीन ठूला शहरमा दैनिक कोरोना संक्रमित संख्या बढ्दो छ । दैनिक संक्रमण हुने संख्या बढ्दै जाँदा संघीय राजधानी काठमाडौं उपत्यका कोरोना संक्रमण फैलावटको केन्द्र बन्न सक्ने खतरा बढ्दै गएको देखिन्छ ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन दोस्रो लहरमा पनि शहरबाटै गाउँतिर कोरोना फैलिएको बताउँछन् । ‘अहिले पनि विशेष गरेर ठूला शहरहरु काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमित संख्या बढ्दो छ । यो स्वभाविक पनि हो । जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा बढी जनघनत्व भएको ठाउँमा संक्रमणले गति लिन्छ’ उनले भने ।
सरकारले नेपालमा अहिलेसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको दावी गरेको छ । भारतमा ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतसँगको खुला सीमा नाकाका कारण मानिसहरु सहजै नेपाल भित्रिरहेका छन् ।
भारतबाट नेपाल भित्रिएका धेरै नागरिकमा संक्रमण पुष्टि भइरहेको छ । सीमा नाकामा एन्टिजेन परीक्षण नभएकाहरु सहजै देशका विभिन्न भागमा पुगिरहेका छन् । उनीहरुबाट संक्रमण फैलने खतरा रहेको डा. पुन बताउँछन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा ६१५ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या कुल संक्रमित संख्याको आधाभन्दा बढी हो ।
पुस १९ गते काठमाडौं जिल्लामा १४० जना संक्रमित थपिएका थिए । तर पुस २५ गते यो संख्या ४९१ पुगेको छ । यस्तै भक्तपुरमा पुस १९ गते १६ जना मात्रै संक्रमित थपिएका थिए । तर पुस २५ गते यो संख्या बढेर २५ मा पुगेको छ । यस्तै ललितपुरमा पुस १९ गते २८ जना संक्रमित थपिएका थिए । तर आइतबार यो संख्या बढेर ९९ पुगेको छ ।

सीमाका ठूला शहर पनि कोरोनाको चपेटामा
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतसँग सिमाना जोडिएका शहरमा पनि संक्रमितको संख्या बढिरहेको छ ।
मोरङको विराटनगर र रुपन्देहीको बुटवल शहरमा पछिल्लो समय दैनिक कोरोना संक्रमण पुष्टि हुने संख्या बढ्दो छ । मोरङमा पछिल्लो २४ घण्टामा ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ पुस २३ गते २९ र पुस २४ गते १६ जनामा संक्रमण पुष्टि भएको छ ।
हेल्थ डेक्समा दैनिक संक्रमण पुष्टि हुने संख्याले पनि भारतसँग सीमा जोडिएका शहरहरु कोरोनाको बढी जोखिममा परेको देखिन्छ ।
सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट रोक्नका लागि भारतसँग सीमा जोडिएका नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखेर परीक्षणलाई तीव्रता दिँदै आएको छ ।
पछिल्लो एक सातायता हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षण अनुसार पुस १९ गते ५ जना संक्रमित फेला परेका थिए । तर पुस २५ गते यो संख्या बढेर २५० जना पुगेको छ ।
संक्रामक रोग विशेषज्ञ डा. पुन सीमा नाकाको हेल्थ डेस्कमा बढी संक्रमित पुष्टि हुनुलाई पनि आश्चर्य मान्दैनन् । उनी भन्छन्, ‘भारतमा ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ ।
हेल्थ डेक्स्कमा परीक्षण हुने व्यक्तिहरु उतैबाट आएका हुन् । ओमिक्रोन प्रभावित ठाउँबाट आएका व्यक्तिहरुको परीक्षण हेल्थ डेस्कमा हुने भएकाले बढी संक्रमित देखिएको हो ।’

पोखरा शहर पनि कोरोनाको जोखिममा
भारतीय सीमा नाकासँग जोडिएका शहर र संघीय राजधानी काठमाडौं उपत्यकाका तीन ठूला शहर मात्रै होइनन्, पर्यटकीय नगरीको रुपमा पहिचान बनाएको कास्कीको पोखरामा पनि कोरोना संक्रमण बढ्दो छ ।
पछिल्लो २४ घण्टामा कास्कीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत पुस २० गते १२ जना मात्रै संक्रमित थपिएका थिए । पुस २० गतेको तुलनामा आइतबार दोब्बरले संक्रमित थपिएका हुन् ।
पर्यटकीय चहलपहल, राजनीतिक गतिविधि, जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँ लगायतले गर्दा पोखरामा कोरोना संक्रमण बढ्दै गएको हुन सक्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
संक्रामक रोग विशेषज्ञ डा. पुन दोस्रो लहर मत्थर भएसँगै बढेको भीडभाडले पनि संक्रमण पुनः फैलन सघाएको बताउँछन् । डा. पुनले भने, ‘कोरोनाका सामान्य लक्षण भएका सबैले अहिले परीक्षण गरिरहेको अवस्था छैन । जसका कारण भित्रभित्रै यसको संक्रमण फैलिरहेको हुन सक्छ । त्यसैले जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ गर्नु आवश्यक छ ।’

अस्पतालमा संक्रमितको चाप बढ्दो
कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यका लगायतका अस्पतालहरुमा संक्रमितहरुको चाप बढेको छ ।
कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार वीरका साथै समन्वय गरेका उपत्यकाका १३ र प्रदेशका ७ वटा अस्पतालमा बिरामीको संख्या बढेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका डा. बस्नेतले भने, ‘सबै अस्पतालहरुमा एक हप्ता अगाडिभन्दा दोब्बर संख्यामा बिरामीहरु भर्ना भएका छन् ।’
कोभिडको संक्रमण बढेको भन्दै उनले जनस्वास्थ्य मापदण्ड पालना गर्न र सतर्कता अपनाउन आग्रह गरे ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको