पथरी शनिश्चरेका प्रकाश पाँचौं राष्ट्रिय खुला मिस्टर प्रतियोगितामा प्रथम

दमक, ३० भदौ  ।  पथरी शनिश्चरे नगरपालिका १ का प्रकाश राई पाँचौं राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुनुभएको छ ।

 

यसअघि नेपालको राष्ट्रिय प्रतियोगिता तथा हङकङसहितका देशका अन्र्तराष्ट्रिय प्रतियोगितामा प्रथम बनिसक्नु भएका राईले काठमाडौंको यो पटकको प्रतियोगितामा नगद १ लाखसहितको पुरस्कार प्राप्त गर्नुभएको छ ।

 

२ सय ८ जना खेलाडीमध्ये राई प्रथम बनेर उपाधि हात पार्नुभएको हो । उहाँ विगत २० वर्षदेखि शारीरिक सुगठनको अभ्यास र त्यसका प्रतियोगितामा सामेल हुनुहुन्छ ।

Share: