दशैंताका ७ वटा नेपाली चलचित्र प्रदर्शन हुने

7 film

दमक, १ असोज   असोजमा दशैंलाई लक्षित गरी ७ नेपाली चलचित्र प्रदर्शन हुने तयारीमा जुटेका छन् । ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साप’, ‘खुस्मा’, ‘सानो संसार’, ‘बेहुली फ्रम मेघौली’, ‘आँखा’ र ‘१२ गाउँ’ चलचित्र असोजमा प्रदर्शन हुनेछन् ।

 

 

फूलपाती अर्थात् असोज २४ गते ‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ गरी तीन फिल्मले दशैंको अवसरमा प्रदर्शनको मिति तय गरेका छन् ।

 

 

यीमध्ये पनि ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’मार्फत दिपकराज गिरी र जीतु नेपाल आपसमा भिड्दै छन् । ‘ज्वाइँ साब’मा जीतु नेपालको मूख्य भुमिका छ भने ‘छक्का पञ्जा ५’मा दीपकराज गिरी मुख्य भूमिकामा छन् ।

 

यी मध्ये ‘खुस्मा’ असोज ३ गते, ‘सानो संसार’ ११ गते प्रदर्शनमा आउँँदैछ । त्यस्तै, तेस्रो साता फिल्म ‘बेहुली फ्रम मेघौली’ र ‘आँखा’ एक आपसमा भिड्दैछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन