अब दमकका वडाबाटै राष्ट्रिय परिचयपत्र कार्ड वितरण

दमक, १ असोज ।  झापाको दमक नगरपालिकाका वडाबाट अब राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।

 

यसक्रममा दमक वडा नम्बर ८ ले बुधबार ( भोलि) बाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्ने भएको वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) ले जानकारी गराउनु भयो ।
यसअघि विवरण संकलन गरिएकाहरुको राष्ट्रिय परिचयपत्र दमकस्थित इलाका प्रशासन कार्यालयले वितरण गर्दै आएकोमा असोज २ बाट वडा कार्यालयबाटै वितरण हुने कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

 

 

८ नम्बर वडा कार्यालयबाट फोटो खिचेकाहरुको ३ हजार ४ सय थान परिचपत्रको कार्ड आएको जानकारी गराइएको छ । ‘राष्ट्रिय परिचयपत्र लिन वडा कार्यालयमा आउनुहोस’् भन्ने मोवाइल एसएमएस प्राप्त भएपछि राष्ट्रिय परिचयपत्र आवेदन फारम वा नेपाली नागरिकताको प्रमाणपत्र लिइ वडा कार्यालयमा आएर परिचयपत्र लिन सूचनामा उल्लेख गरिएको छ ।

Share: