मधेश प्रदेशसभा सचिवमा कोइराला नियुक्त

WhatsApp Image 2024-09-22 at 7.06.55 PM

दमक, ६ असोज   मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाको सचिवमा बासुप्रसाद कोइरालालाई आइतवार नियुक्त गर्नु भएको छ ।

 

 

नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम कोइरालालाई नियुक्ती गरिएको हो । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलको सिफारिसमा प्रमुखले नियुक्ती गर्नु भएको जनाइएको छ । कानुनमा स्नातकोत्तर गर्नु भएका कोइराला बिगत डेढ वर्षदेखि सेवा अवकास हुनुभएको थियो ।

 

 

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका १२ निवासी कोइराला यस अघि निजामति सेवामा कार्यरत हुनुहुन्थ्यो । कोइरालालाई आइतबार प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पदको सफथ ग्रहण समेत गराउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत