ओमिक्रोनको जोखिम

विराटनगरमा मास्क नलाइ हिंडे एक सय जरिमाना

senitizer-and-mask

 

विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिमाना तिनुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिकस्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो ।

जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिको निणर्यबाट अनिवार्य मास्क लगाउन पर्ने नियम लगाएको हो । अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढेपनि बजार तथा भिडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्ने मानिसको संख्या अधिक देखिन्छ ।

अब पसल तथा व्यवसाय संचालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूणर्रुपमा पालना गर्नुपर्ने छ । मादण्ड पालना नगर्ने व्यवसयीलाई पाँच हजार नगद जरिवाना गराइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

पछिल्लो समय विराटनगरसँग सीमा जोडिएको बिहार राज्यका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न शुरु भएसँगै संभावित जोखिम नियन्त्रण गर्न स्थानीय तह र प्रशासन सक्रिय भएका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित