कलासँगै व्यवसाय

कृषाको काठमाडौंदेखि दमकसम्मको व्युटिसियन यात्रा

दमक, ७ असोज ।  व्युटिसियनका रुपमा काठमाडौंमा समेत लामो समय खर्चेर व्युटिसियन क्षेत्रको प्रवद्र्धनमा सक्रिय कृष्णकुमारी पोखरेल (कृषा) ले पछिल्लो समय दमक ५ मा सो पेशालाई अघि बढाएर फरकपन प्रस्तुत गर्नुभएको छ ।

 

दमक ५ को वडा कार्यालय उत्तर दीपिनी आधारभूत विद्यालयको पूर्वतर्फ ०८० फागुन २३ गतेबाट ‘कृषा व्यूटिपार्लर एण्ड टेलरिङ सेन्टर’को सुरुवात गर्नुभयो । व्यूटिसियनमा सीटीइभीटीबाट मास्टर लेभलको प्रशिक्षकको प्रमाणपत्र प्राप्त उहाँले विभिन्न संघ संस्थासँगको सहकार्यमा व्यूटिसियन तालिम समेत सञ्चालन गर्दै आउनु भयो । अहिले दमकमा पनि आफ्नो पसल पार्लर र टेलरिङको तालिम सञ्चालन गरिरहनु भएको छ ।

 

मोरङको पथरी शनिश्चरे हुँदै विगत २५ वर्षदेखि व्यूटिसियन र टेलरिङ मास्टरका रुपमा सक्रिय उहाँले ११ वर्ष काठमाडौंमा रहेर काम गर्नुभयो । पूर्वको आफ्नै क्षेत्रमा रहेर नै पार्लर र कटिङमा आत्मसन्तुष्टि लिन स्थापना गरिएको पसलमा एकपटक आएका सेवाग्राही आफ्नो चुस्त कामको प्रभावले सधैं दोहोरिइरहने गरेको मीठो अनुभव छ उहाँसँग । आफु व्युटिसियनको तालिम दिनका लागि दुबई र मलेशियासम्म पनि पुगेर आफ्नो कलाको आयतन बढाउने अवसर पाएको सुखद पक्ष समेत उहाँले संगाल्नु भएको छ ।

 

उहाँको कामको प्रभावले टाढा टाढादेखि सेवाग्राहीहरु सेवा लिन आउने गरेका छन् । मोरङको पथरी शनिश्चरेदेखि धाएर समेत उहाँकोमा पार्लर सिक्न आउने गरेका छन् । पथरी शनिश्चरे ४ की एञ्जिला गिरीले धाउँदै पार्लर सिक्दै आउनु भएको छ । ‘उहाँको कामको कुशलता र व्यवहारवादी पक्षले धेरै कुरा सिक्ने अवसर मिलेको छ ।’– गिरीले भन्नु भयो । दमक ५ की वर्षा घिमिरे र सुस्मिता राईले पनि कृषाको पार्लर र टेलरिङ काम प्रभावकारी भएको बताउँदै एकपटक सेवा लिएर हेर्न अरुलाई आव्हान समेत गर्नुभएको छ । उहाँमात्र नभएर जनप्रतिनिधि, डाक्टरसहितका सवै पेशाकर्मी उहाँको सेवा लिन आकर्षित छन् ।

 

कृषाले म्यूजिक भिडियो, चलचित्रका पोशाक समेत निर्माण गर्दै आउनु भएको छ । साथै आवश्यक फेसनेवल पोशाक समेत तयार गरेर पसलमा राख्नु भएको छ । जीवन सिकाउँदै सीप प्रवद्र्धनको पहिलो खुड्किलो चढाउने काममा भनें हाल पथरी शनिश्चरे नगर उपप्रमुख रहनुभएकी देवीमाया काफ्लेको प्रमुख हात रहेको उहाँ स्मरण गर्नुहुन्छ ।

 

कलाकारिता क्षेत्रमा पनि सक्रिय उहाँले ३ दर्जन म्यूजिक भिडियो, नेपाली र भोजपुरीगरी १ दर्जन चलचित्रमा समेत साजसज्जाको  काम गर्नुभएको छ । केहीमा अभिनय समेत गर्न भ्याउनु भएको छ । त्यसोत उहाँले चलचित्र र म्यूजिक भिडियो निर्माणको काम समेत गर्दै आउनु भयो । तर त्यसमा समूहको साथीबाट धोका पाएर ती क्षेत्रमा गरेको लगानी डुबेको तीतो अनुभव समेत छ उहाँसँग ।

 

त्यसो त उहाँसँग मसाज थेरापीको समेत राम्रो ज्ञान छ । त्यससम्बन्धी थाइल्याण्डमा स्पेशल कोर्ष पुरा गरेर त्यस क्षेत्रमा समेत काम गर्दै आउनु भएको छ । यी पाटोहरुसंगसंगै सुन्दरी प्रतियोगिता तथा फेसन शोहरुमा समेत सहभागिताको उहाँको अर्काे सृजनशील पाटो पनि छ ।

 

उहाँले साजसज्जा तथा कला क्षेत्र सम्बन्धी १ दर्जन अवार्ड प्राप्त गर्नुभएको छ । २०१७ मा व्यूटिसियन नेपाल कम्पिटिसन, २०१८ मा न्यू लूक फेसन शो, २०१८ मा भोजपुरी नेशनल मेकअप आर्ट कम्पिटिसन्, २०२२ मा फिल्म मेकअप आर्ट कम्पिटिसनलगायत उत्कृष्ठ अवार्ड प्राप्त गर्नुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।