"संविधानमाथि बहस"

महिलाको अर्थपूर्ण सहभागिता आवश्यक ः कट्टेल

दमक, ७ असोज  ।  अखिल नेपाल महिला संघ प्रदेश सचिव हेमकला कट्टेलले महिलाको सहभागिता संख्याका रुपमा पुरा गराउने मात्रै कुरा व्यवहारिक नभएको धारणा राख्नुभएको छ । उहाँले महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो ।

 

‘उज्यालो खबर’ले आयोजना गरेको ‘संविधानको कार्यान्वयन र यसका चुनौती’ विषयक बृहत् बहस कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

 

संविधानले महिलालाई समानवंशीय अधिकार, सुरक्षित मातृत्वको अधिकार र नीति निर्माण तहमा एक तिहाई महिलाको ग्यारेन्टी गरेको भएपनि त्यसको कार्यान्वयनका पक्षमा समस्या उत्पन्न हुने अवस्था देखिएको प्रष्ट्याउनु भयो । ‘ती तीन विषयमा पनि व्यक्तिको स्वतन्त्रता या कानुनको अधिकार भन्ने कुराले अल्मल्याइएको छ ।’– उहाँले समीक्षात्मक शैलीमा भन्नुभयो ।

https://www.facebook.com/share/v/tVk4hKtPysgwasC1/

Share: