विदेशबाट फर्कदा क्यान्सर, उपचारमा घरबारी सकियो तर अझै भएन निको

दमक, असोज ९ । 

चुन प्रसाद दर्जी । अहिले ४७ वर्ष पुग्नु भएको छ । उमेर त उती घर्किसकेको छैन । तर रोगले उहाँलाई थिलथिलो पारेको छ । उमेर र वैशँ भएका बेला कतार र मलेशियाको चर्को घाममा पसिना बगाउनु भयो । सामान्य लेखपढ बाहेक शैक्षिक योग्यता कमजोर रहेपनि हातमा लुगा सिउने सीप थियो । त्यही सीप अनुसारकै अत्यन्तै न्यूनतम ज्यालामा विदेशमा एक दशक बिताउनु भयो ।

 

१० वर्ष विदेश बसेर कमाएको कमाईले आफूले विवाह गर्दा लागेको ऋण तिरेर एउटा सानो घर बनाउनु भयो । छोराछोरी पढाउन र घरको गर्जो टार्ने काममै धेरै पैसा सकियो । उति बचत भएन । खासगरी कतारमा लामो समय बिताउनु भएका चुनले कतारी रियालको सट्टा लाखौ खर्च गर्दापनि निको नहुने रोग लिएर फर्कनु भयो ।

 

 

पायल्स विग्रिएर भएको सो क्यान्सरको सुरु सुरुमा उपचार पनि हुँदै थियो । घर नजिकै रहेको अढाई कट्ठा जमिन बेचेर चिकित्सकले भनेजस्तै गरी अपरेशन गर्ने, उपचार गर्ने, औषधी गर्ने, किमो लगाउने काम भइनै रहेको थियो । केही विसेक पनि हुँदै नै थियो । तर एकापट्टि निको हुँदैगर्दा फेरि पेटपट्टि त्यस्तै प्रकृतिको क्यान्सर देखिन थाल्यो । प्रोष्टेटको क्यान्सर समेत देखा पर्यो । त्यसपछि भने चुनलाई अहिले उपचार गर्नै धौ धौ परेको छ । १२ वटा किमो लगाउनु पर्नेमा अहिले ६ वटा मात्रै लगाएर बसेको र बाँकी लगाउन जानै सक्ने अवस्था नरहेको भन्दै बिलौना गर्नु भएको छ ।

 

 

यतिसम्मको उपचारमै उहाँको ३० लाख बढि सकिइसक्यो । यसमध्येमा विदेशबाट कमाएर ल्याएको केही लाख रुपैँया खर्च भयो भने अपुग रकम छोराछोरीलाई धान फलाएर खुवाइरहेको अढाई कट्ठा खेत बेचेर गरियो । त्यसबाट पनि नपुगेर गाउँले र इस्टमित्रले पनि सहयोग गरेर उहाँले ५ वटासम्म किमो लगाउन सक्नु भएको छ । तर बाँकी ६ वटा लगाउन उहाँलाई निकै गाह्रो भयो । गाउँलेहरुले पटक पटक सहयोग उठाएर उपचार गर्न पठाए । तर किसान गाउँ भएकाले थप खर्च पनि संकलन गर्नै नसकिएको चुनका छिमेकी विर्खबहादुर बस्नेत बताउनु हुन्छ ।

 

एक जना छोरा , एकजना छोरी, श्रीमती र आमाको सहारा चुन अहिले आफैलाई बचाउँन अरुको सहारा खोजिरहनु भएको छ । कँहिबाट केही पार नलागेपछि कँही कोही दिलदारहरुले सहयोग गरी आफ्नो श्रीमान बचाइदिनु हुन्छ कि भन्ने आशामा उहाँकी श्रीमती कमला दर्जीले सहयोगका लागि अपिल गर्नु भएको छ ।

 

 

तपाईको सानो सहयोगले चुनको जीवन बाँच्न सक्छ । उहाँले आफ्नो परिवारलाई फेरि पनि सम्हाल्न सक्नु हुने छ । बुढी भएकी आमाको सहारा बनेर अन्तिम सम्मपनि काँध थाप्न सक्नु हुनेछ । त्यसैले उहाँलाई सहयोग गर्न चाहनु हुनेले उहाँको मोवाईल नम्बर ९८१८०१२३५३७ मा सम्पर्क गरी सहयोग गरिदिन यहि भिडियो मार्फत हामीपनि हार्दिक अपिल गर्दछौं ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ