बाढीपहिरोबाट हालसम्म १०२ जनाको मृत्यु, ६४ जना बेपत्ता

दमक, १३ असोज  बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको ज्यान गएको छ भने ६४ जना बेपत्ता भएका छन् । त्यसखाले विपद्मा ४५ घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएको जानकारी गराउनु भयो । काठमाडौं उपत्यका सवैभन्दा बढीले ज्यान गुमाएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको गृह प्रवक्ता तिवारीले बताउनु भयो ।

Share: