दमकका व्यवसायीले मन्त्रीसँग राखे यी मागहरु

दमक, १३ असोज
दमकको विकास र समृद्धिसँग जोडिएका केही आयोजनाको निर्माण र रोकिएका काम थालनी गराउन भन्दै दमकका उद्योगी व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको ध्यानाकषणर् गराएका छन् ।

 

 

नेपाल उद्योग तथा व्यवसायी महासघं दमक नगर कमिटीले मन्त्री  दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

दमक रवि चिसापानी सडक चाँडै निर्माण सम्पन्न गरी सञ्चालन गर्न, दमकमा बन्ने भनिएको औद्योगिक पार्क निर्माणको काम तुरुन्तै अघिबढाउन, दमकमा बनिसकेको बिजनेश कप्लेक्सको सञ्चालन गराउन भन्दै महासघंले मन्त्रीको ध्यानाकर्षण गराएको हो । महासंघका सचिव निरज आचार्यले ती मागहरु प्रस्तुत गनु भयो ।

 

सो पत्र लिइसकेपछि गृहनगर दमकका मन्त्री दाहालले भन्नु भयो ‘यी सबै योजनाको बारेमा मलाई राम्रोसँग थाह छ । म आफू पनि यही क्षेत्रको भएकोले यहाँ उल्लेख भएका योजना सम्पन्न गराउनु र सञ्चालनमा ल्याउनु मेरो आफ्नो कर्तव्य समेत हुने छ ।’ सबै योजना र कामहरु आफ्नो मन्त्रालय मातहतको मात्रै नभएकाले अन्य मन्त्रालयसँग समन्वय गरेर भएपनि ती योजनालाई पुरा गराउने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

 

साथै सोही अवसरमा अनेरास्ववियू दमक नगर कमिटीले पनि नगरका गौरवका आयोजनाको पूणर्ता र सञ्चालनमा ध्यानाकर्षण गराएको थियो ।

Share: