दमक, १५ असोज । असोज १० देखि १२ गतेसम्मको लगातारको वर्षाका कारण क्षति पुग्दा मंगलबार विहानसम्म २० स्थानका मुख्य राजमार्ग सञ्चालनमा आउन सकेका छैनन् ।
कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु वीपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूणर् रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।
यसकासाथै उपत्यकाका काठमाडौँ र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूणर् रूपमा अवरुद्ध छन् । काठमाडौँको दक्षिणकाली-सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड पनि अवरुद्ध अवस्थामा छ । सडक अवरुद्ध हुँदा दशैंको छेकमा आवतजावत गर्न र मालसामान ओसार्न झनै समस्या भएको छ ।