३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

‘ज्येष्ठ नागरिकका संस्थाहरुको एकीकरणको आवश्यकता’

jestha adibesan

दमक, १५ असोज /  झापाको दमकस्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको २१ औं साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

 

३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर समेत पारेर आयोजित साधारणसभामा प्रमुख अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले ज्येष्ठहरुको सम्मान र संरक्षणमा जोकोही लाग्नु पर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले नगरपालिका कार्यालयले पनि ज्येष्ठहरुका लागि तय हुने कार्यक्रममा सधैं सहकार्य गर्दै आएको र निरन्तर सहकार्य हुने उल्लेख गर्नुभयो । साथै उहाँले दमकमै ज्येष्ठका ३ वटा संस्थारहेका तिनीहरुको एकीकरणको आवश्यकता औंल्याउनु भयो ।

 

कार्यक्रममा,संस्थाबाट गत आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुका बारेमा अध्यक्ष दुर्गाप्रसाद पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै उहाँले अनाथ र असहाय ज्येष्ठ नागरिकहरुका लागि आवास सञ्चालन लगायतका भावी योजनाहरुका बारेमा समेत जानकारी गराउनु भयो ।

 

कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापासहितको आतिथ्यता रहेको छ । साथै दमकको वडा समितिका अध्यक्ष तथा कमल, गौरादह, शिवसताक्षी र इलामको चुलाचुली शाखाका अध्यक्षसहितका ज्येष्ठहरुको सहभागिता रहेको छ । सो अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ ।

 

‘ज्येष्ठ नागरिकहरुको सम्मान गरौं, राष्ट्रिय गौरव बढाऔं’ भन्ने नाराकासाथ २०५९ साउन १७ मा स्थापित सो संस्थाले वडा नम्बर ५ मा रहेको आफ्नो कार्यालयमा ज्येष्ठहरुका लागि सुहाउँदा संस्कृतिक प्रस्तुतिका साथै जीवन जिउने कला र ज्ञानगुनका दैनिक कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ । संस्थाले ज्येष्ठहरुको हितका योजनाका लागि अक्षयकोष समेत खडा गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित