दमक, १५ असोज / झापाको दमक ५ बेलडाँगी रोडस्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मंगलबार १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष दीपक खरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा संस्थाले ४३ लाख ८१ हजार ९ सय २८ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले कोरोनासहितको समस्याको अप्ठ्यारो परिस्थितीबाट संस्थालाई बचाएर ल्याएको उल्लेख गर्दै अब संस्थालाई सहजतातर्फ डोर्याउने योजनामा लागेको उल्लेख गर्नुभयो ।
सो सहकारीले शेयर सदस्यलाई कम व्याजदरमा लगानी गरेर सेवा सुविधा दिएकाले राहत मिलेको शेयर सदस्यमध्येकी एरिना खरेलको प्रतिक्रिया छ ।
अर्का शेयर सदस्य अच्युत निरौलाले पनि संस्था राम्रैसँग चलिरहेको जनाउनु भयो । कोरोनाको समस्या र केही सहकारी भाग्दै गरेको अवस्थाले पनि मानिसहरुमा केही त्रास रहेको उल्लेख गर्दै द एभरेष्ट चाँही स्थानीय व्यक्तिहरु सामेल भएकाले यसमा विश्वास रहेको जनाउनु भयो ।
संस्थाको कमल, उर्लाबारी, सुरुङ्गा, बिर्तामोड र बुधबारेमा सेवा केन्द्र रहेका छन् ।