माई मेला नलगाउने

बढ्दो कोरोना सङ्क्रमणका कारण  झापाको माई मेला नलाग्ने

झापा /
यस वर्षको कन्काई माई मेला नलाग्ने भएको छ । सोमबार दिउँसो कन्काई नगरपालिकामा बसेको कन्काई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त बैठकले माई मेला नलगाउने निणर्य गरेको हो ।

बढ्दो कोरोना सङ्क्रमणका कारण देखाउँदै कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेपछि माई मेला स्थगित गरिएको हो ।

सीसीएमसीसीको निणर्यलाई आधार मानेर बढ्दो कोरोना सङ्क्रमणका कारण माई मेला नलगाउने निणर्य गरिएको बैठकमा सहभागी इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले बताए ।

बैठकमा कन्काई नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, शिवसताक्षी नगरपालिकाका नगर प्रमुख, उपप्रमुखलगायतको सहभागिता रहेको थियो । कन्काई नदीको पूर्वपट्टि कन्काई नगरपालिका र पश्चिमपट्टि शिवसताक्षी नगरपालिकाले मेला लगाउने गरेका छन् ।

शिवसताक्षी नगरपालिकाले मेला ठेक्का लगाउनका लागि सम्झौता गर्न लागेको थियो भने कन्काई नगरपालिकाको मेला ठेक्का लाग्न बाँकी रहेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले

दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै