पथरी, २५ असोज /
मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभिन्न चाडपर्वहरू मनाउन आर्थिक रूपले अति बिपन्न ५० परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
वडा कार्यालयको परिसरमा “विपन्नसँग वडाध्यक्ष कार्यक्रम” अन्तर्गत वडाभित्रका ५० परिवारलाई खाद्यान्नवापत २५ केजीको एक बोरा चामल र २ केजी तौलको सिंगो कुखुराको मासु वितरण गरेको हो ।
अरुको जस्तै विपन्नहरूको पनि घर आँगनीमा दशैँ जस्ता चाडपर्वहरू आउन सकोस् भन्ने अभिप्रायले वडा कार्यालयबाट गरिब तथा विपन्नमध्येंबाट पनि अति नै विपन्न ५० परिवारलाई छनोट गरी खाद्यान्न प्रदान गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो।
उहाँले दशैंमा आर्थिक अभावकै कारण दुई गाँस मिठो खानबाट कोही बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले आफ्नो वडाले आगामी वर्षहरूमा पनि खाद्यान्न जोहो गर्न नसक्ने अति विपन्न परिवारलाई यसै गरी दशैं सहित चाडपर्व मनाउन वितरण गर्ने पनि जनाउनुभयो।

दमक खानेपानी : विपन्नलाई निशुल्क धारा जडान,जडान शुल्क समेत घट्यो
महशुलमा छुट, धरौटी रकममा कटौती , बिप्पन्न लक्ष्यित अन्य कार्यक्रम यो समितिका प्रसंशायोग्य काम








