पथरी शनिश्चरे वडा नम्बर ९

८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न

झापा/

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ मा ८ दिने उद्यमशीलता विकास तालिम आज सम्पन्न भएको छ ।

नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको समापनका अवसरमा नगर प्रमुख दिलीपकुमार राईले तालिममार्फत आफुहरु व्यवसायिक बन्ने शुभकामना व्यक्त गर्दै उत्पादित वस्तुको बजारिकरणको लागि नगरपालिकाले सहयोग पुर्याउने बताए ।

कार्यपालिका सदस्य निर्मला गदालको अध्यक्षताको कार्यक्रममा ६ नम्बर वडाध्यक्ष जयबहादुर तामाङ, ९ नम्बर वडा सदस्य इन्द्रावती गुरुङ, घरेलु तथा साना उद्योग शाखा प्रमुख हेमचन्द्र दहाल, कृषि शाखा प्रमुख सावित्रा कार्कीले शुभकामना मन्तव्य व्यक्त गरे ।

तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा बरिष्ठ उद्यम सहजकर्ता सपना कार्की र उद्यम सहजकर्ता भगवती कटुवालले सहजिकरण गरेका थिए । तालिमपछि बढीले ब्याग बनाउने उद्यम रोजेका छन् । त्यसैगरी, बाख्रा, बंगुर पालन र बेमौसमी तरकारी खेती गर्ने इच्छा व्यक्त गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट नगरमा यसखाले कार्यक्रम अघि बढेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।